Logo
११ जेष्ठ २०८१, शुक्रबार
(February 11, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपा-फोरमको समानुपातिक तर्फको अन्तिम सुची तयार

काठमाडौं  : समानुपातिक तर्फ प्रतिनिधिसभामा ६/६ ओटा सिट पाएको राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले अन्तिम सुची तयार पारेको छ ।  सोमवार निर्वाचन आयोगमा बुझाउने तयारीमा रहेको राजपा–फोरमले आन्तरिक भागबण्डाका अधारमा सुचि तयार पारेको हो । यसअघि निर्वाचन आयोगमा बुझाइएको नामावली अनुसार कलस्टर मिलाएर अन्तिम नमावलीको सुचि तयार पारेको हो ।

फोरमले यसै सन्दर्भमा आइतबार दिनभरी नै बैठक गरि छलफल गरको छ भने राजपामा भने अन्तिम नमावलीलाई लिएर अझै पनि किचलो जारी रहेको छ । सहअध्यक्ष लक्ष्मणलाल कर्णले औपचारिक रुपमा नामावलीको टुङ्गो नलागेको बताए । तर अध्यक्ष मण्डलका नेताहरुले छुटै बैठक बसेर नामावलीको सुचि तयार गरेका हुन् । राजपाले अन्तिम टुङ्गो लगाएका नामहरुमा चन्दा चौधरी, नरमया ढकाल, राणी मंडल, निर्जला राउत, चुन्नि खातुन लगायतका नामहरु रहेका छन् ।

यता फोरमले पनि समानुपातिकको चुचि तयार पारेको छ । समानुपातिकमा ६ सिट पाएको फोरमले ढिलागरी समानुपातिक सांसदको नाम टुंगो लगाएको हो ।

समानुपातिकमा पर्ने फोरमका सांसदमा खस महिलाबाट रेणु यादव र सिरता गिरी छन् । मुस्लिमको तर्फबाट रुही नाद सांसद बन्ने भएकी छिन् भने जनजातिबाट राजेन्द्र श्रेष्ठ सांसद बन्ने भएका छन् । त्यसैगरी जनजाति महिलामा रेणुका गुरुङ र दलित महिला कोटामा कलुदेवी विश्वकर्मा सांसद बन्ने भएका छन् । तर नेताहरुले औपचारिक रुपमा नामावली सार्वजनिक गरेका छैनन् । फोरम महासचिव रामसाहय यादवले अझै पनि छलफल जारी रहेको बताए ।

 

प्रकाशित मिति: Feb 11, 2018

प्रतिक्रिया दिनुहोस्