Logo
२३ बैशाख २०८१, आईतबार
(February 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ विकेटले नेपाललाई ओमानले हरायो

काठमाडौँ : विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत दोस्रो खेलमा शुक्रबार ओमानले नेपाललाई ६ विकेटले हराएको छ ।नेपालले प्रस्तुत गरेको १ सय ३९ रनको लक्ष्य ओमानले ४ विकेट गुमाउँदै प्राप्त गर्‍यो । विजय टोलीका लागि अकिव इल्यासले सर्वाधिक ४६ रनको योगदान गरे ।

नेपालका तर्फबाट सन्दीप लामिछानेले २ विकेट लिए भने बसन्त रेग्मी र सोमपाल कामीले एक/एक विकेट लिए । पहिलो व्याटिङ गरेको नेपाल ४६ ओभरमा १सय ३८ रनमा समेटिएको थियो । नेपालका लागि शरद भेषावकरले सबैभन्दा धेरै २२ रन बनाउँदा ओमानका कलिम उल्लाहले ४ विकेट हात पारे ।

प्रकाशित मिति: Feb 9, 2018

प्रतिक्रिया दिनुहोस्