Logo
२३ बैशाख २०८१, आईतबार
(February 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दरबार होटलमा १४ वर्षकी किशोरी बलात्कृत

नेपालगञ्ज : नेपालगञ्जको एक होटलमा १४ वर्षकी किशोरी बलात्कृत भएकी छन् । पुष्पलालचोकस्थित दरबार होटलमा बिहीबार राति २१ वर्षीय युवकले किशोरीलाई बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ । होटलमा खाजा खान भनेर चारजना पुगेका थिए । १४ वर्षकी किशोरीसँगै २० वर्षकी अर्की युवती पनि थिइन् । खाजा खाइसकेपछि २० वर्षकी युवतीलाई अर्का युवकले तानेर बाहिर लगेका थिए । कोठामा एक्लै पारेर २१ वर्षका युवकले किशोरीलाई बलात्कार गरेका हुन् ।

युवकले मुख थुनेर जबरजस्ती गरेपछि उम्किएकी बालिकाले पुष्पलालचोकमा डिउटी रहेका प्रहरीलाई उजुरी गरेकी थिइन् । तत्कालै प्रहरी होटलमा पुग्दा युवक फरार भइसकेका थिए । घटनापछि किशोरीलाई फकाउने कोसिस भए पनि उनीले नमानेर पुष्पलालचोकस्थित डिउटीमा रहेका प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी स्रोतका अनुसार बलात्कार गर्ने युवक फरार छन् । उनको प्रहरीले खोजी भइरहेको छ ।

प्रकाशित मिति: Feb 9, 2018

प्रतिक्रिया दिनुहोस्