Logo
२३ बैशाख २०८१, आईतबार
(February 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेसको प्रदेशसभा संसदीय दलको विधान पारित

काठमाडौँ  : नेपाली कांग्रेसले ‘प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलको विधान, २०७४’ पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रदेशसभा कांग्रेस संसदीय दलको विधान संशोधनसहित पारित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

नेपालको संविधानअनुसार मुलुकमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेशमा संसदीय दल कार्यसमिति गठन गर्न उक्त विधान आवश्यक भएकाले तत्काल पारित गर्नुपरेको पार्टी कार्यालयले जनाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा पार्टीका शीर्ष नेतासहित केन्द्रीय सदस्य उपस्थित थिए ।

प्रकाशित मिति: Feb 9, 2018

प्रतिक्रिया दिनुहोस्