Logo
२३ बैशाख २०८१, आईतबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शरद भेषावकरले नेपाललार्इ दिलाए साताै‌ं सफलता

शरद भेषावकरले नेपाललार्इ सातौं सफलता दिलाएका छन् । २६अौं अोभरकाे चौथो बलमा जोन निकाेलस फ्राइलिंकलार्इ २२ रनमा शरदले विकेटकिपर दीलिप नाथबाट स्टपिङ गराएका हुन् । डिभिजन दुइको पहिलो खेलमा नेपाल विरुद्ध नामिबयाले २७ अोभरको खेल सकिदा ११७ रनमा ७ विकेट गुमाएकाे छ । त्यसअघि सन्दीप लामिछानेले नेपाललार्इ छैटौ‌ सफलता दिलाएका थिए। सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिदै नेपाललार्इ सफलता दिलाएका हुन् । १७अाै‌ अोभरको पाँचाै बलमा सन्दीपले नामिबियाका कप्तान सरेल वर्गरलार्इ पवेलिएन फर्काएका हुन्। वर्गर पहिलो बलमा खाता नै खोल्न नपाउँदै सन्दीपको बलमा एलबिडब्लुकाे सिकार भए।

त्यसअघि कप्तान पारस खड्काले अाफ्नो पहिलो अोभरमा नामिबियाकाे पाँचाै विकेट झराएका थिए । पारसले एमजी एरासमाेसलार्इ खाता नै खोल्न नदिइ बोल्ड पारेका हुन् । नेपाललार्इ चौथो सफलता सन्दीपले नै दिलाएका थिए । अाक्रामक ब्याटिङ गरिरहेका कर्गजर्ज विलियम्सलार्इ उनले ३४ बलमा ४१ रन बनाएर खेलिरहेको अवस्थामा एलबिडब्लुकाे धरापमा पारेका थिए ।

तेस्रो सफलता दिलाएका बसन्त रेग्मीले ९ रन बनाएर खेलिरहेका जेपी कोट्जेलार्इ अारिफ सेखको हातबाट क्याच गराएका थिए । सुरुवाती दुइ विकेट सोमपाल कामीले लिएका हुन् । सोमपाल कामीले पाँचाै अोभरको दोस्रो बलमा अोपनर एसजे बार्डलार्इ विकेट किपर दीलिप नाथको हातबाट क्याच गराउँदै नेपाललार्इ दोस्रो सफलता दिलाए थिए भने पहिलो अोभरको पाँचाै बलमा एलपी भान डेरलार्इ बोल्ड पारेका थिए । डिभिजन दुइको पहिलो खेलमा नेपाल विरुद्ध नामिबयाले २७ अोभरको खेल सकिदा ११७ रनमा ७ विकेट गुमाएकाे छ भन्दै नेपाल खबरमा समाचार छ ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्