Logo
१५ बैशाख २०८१, शनिबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकताको निर्णायक छलफल गर्न एमाले र माओवादीको बैठक

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताका विषयमा बिहीबार पार्टी एकता संयोजन समितिको बैठकमा छलफल हुने भएको छ । अन्तिम प्रयासस्वरुप आज पार्टी एकता संयोजन समितिको बैठक बसेर छलफल हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ ।

पछिल्लो समय एकता प्रयास भंग हुने स्थितिमा पुगेकाले यो बैठकलाई निर्णायक छलफलका रूपमा लिइएको छ । छलफलको समय भने तय भएको छैन । सैद्धान्तिक कुरा पनि छोड्नुपर्ने र पार्टी अध्यक्ष पनि दिन नसकिने कुरा एमालेबाट आएकोले एकता हुने सम्भावना लगभग सकिएको माओवादी नेताहरुको बुझाइ छ ।

तर, एमालेका नेता सुवास नेम्वाङले भने पार्टी एकताबारे दुवै पार्टीका अध्यक्षबीच गम्भीर छलफल भइरहेको बताए । दुई अध्यक्षबाहेकका अरु नेताका कुराले खासै अर्थ नराख्ने भन्दै नेम्वाङले जनादेश वामपन्थी एकताको पक्षमा भएकाले वाम सरकार गठनसँगै पार्टी एकता हुने बताए ।

नेम्वाङले भारतीय विदेश मन्त्रीभन्दा पहिला चुनावबाट वाम एकता र वाम सरकार निर्माणको जनादेश आएकाले सुष्मा स्वराजको नेपाल भ्रमणले गठबन्धनमा कुनै प्रभाव नपरेको बताए ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्