Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभाको समानुपातिक नतिजा सार्वजनिक हुँदै, कुन दललाई कति सिट ?

काठमाडौं : राष्ट्रियसभा चुनाव सम्पन्न भएसँगै निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फको नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । संघीय संसदमा महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित हुनुपर्ने भएकाले आयोगले चुनाव सम्पन्न भएको दुई महिना बितिसक्दा पनि नतिजा घोषणा गरेको छैन ।

राष्ट्रियसभा चुनाव सम्पन्न भई बुधबार नै नतिजा आइसकेकाले बिहीबार प्रतिनिधिसभा चुनावमा समानुपातिक तर्फ दलहरुले प्राप्त गरेको सिट संख्या आयोगले सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गरेलगत्तै बिहीबार नै दलहरुले प्राप्त गरेको सिट संख्या तोकेर बन्द सूचीमा रहेका उम्मेदवारमध्ये निर्वाचित हुने उम्मेदवारको नाम सिफारिस गर्न पत्राचार गरिने आयोगका प्रवक्ता नवराज ढकालले बताए ।

ढकालका अनुसार बन्दसूचीको क्रमसंख्या नमिची ‘क्लस्टर’ मिलाएर नाम सिफरिस गर्न दलहरुलाई तीन दिनको समय दिइनेछ । दलहरुले गरेको सिफारिस अनुसार समावेशी समूह र क्रमसंख्या मिले नमिलेको जाँच गरी नमिलेके भए मात्रै दलहरुलाई सच्याउन पुनः दुई दिनको समय दिइनेछ ।

त्यसपछि लगत्तै निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष पेश गरिने आयोगका प्रवक्ता ढकालले बताए । आयोगले औपचारिक घोषणा नगरे पनि उनीहरुले प्राप्त गरेको मतको आधारमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम र राजपाले ६/६ सिट प्राप्त गरेका छन् ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्