Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकताको खाकालाई मूर्त रुप दिने गरी ओली र दाहालबिच छलफल

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षबिच बिहीबार छलफल हुने भएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा व्यस्त हुँदा छलफललाई निरन्तरता दिन नसकेको दाबी गर्दै आएका एमालेका अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसको मतपरिणाम सार्वजनिक भएसँगै एकताबारे छलफल गर्ने भएका छन्।

उनीहरुले बिहीबार कम्तिमा पनि एकताको खाकालाई मूर्त रुप दिने गरी छलफल गर्ने बुझिएको छ। तर छलफल गर्ने स्थान भने गोप्य राखिएको छ । यसअघि पनि उनीहरु पटकपटक छलफलमा जुटेपनि निश्कर्ष निस्कन सकेको थिएन । दुई अध्यक्षको छलफलपछि बिहीबार नै वा शुक्रबारसम्म एकता संयोजन समितिको बैठक पनि बस्नेछ ।

दुई अध्यक्षबिच पदीय र सैद्धान्तिक विषयमा सहमति हुन नसक्दा घोषणा अनुसार एकता प्रक्रियाले गति लिन सकेको छैन । वाम गठबन्धनले निर्वाचन सकिए लगत्तै पहिले एकता अनि मात्रै सरकार गठन प्रक्रिया अघि बढाउने घोषणा गरेको थियो।

 

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्