Logo
१५ बैशाख २०८१, शनिबार
(February 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभा तर्फ नाम सिफारिस गर्न दलहरुलाई आयोगको पत्राचार

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्याका आधारमा समावेश गर्नुपर्ने महिला सिट समेत तय गरी दलहरुलाई आज पत्राचार गर्ने भएको छ । संघीय संसदमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउन राष्ट्रिय सभाको नतिजा पर्खिएको आयोगले राष्ट्रिय सभाको परिणाम आएसँगै प्रतिनिधिसभा अन्तर्गत मानुपातिकतर्फको प्रक्रिया अघि बढाएको हो ।

आयोगका प्रवक्ता नबराज ढकालले प्रतिनिधि सभाको प्रत्यक्षमा जितेका, राष्ट्रिय सभा सदस्यमा हिजो निर्वाचित भएका सहित ३३ प्रतिशत महिला प्रतिनिधित्व सुरक्षित गर्न आवश्यक पर्ने सिट संख्या समेत तोकेर दलहरुलाई पत्राचार गर्न लागिएको बताए । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा ६० चारको ब्यबस्था अनुसार तीन दिनको समयसीमा सहित दलहरुलाई बन्दसुचीबाट सदस्य छान्न पत्रचार गर्ने तयारी भएको प्रबक्ता ढकालले जानकारी दिए ।

यसैबीच निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको अन्तिम परिणाम औपचारिक रुपमा आज सार्वजनिक गर्दै त्यसबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउने भएको छ । निर्वाचनमा सातै प्रदेशबाट विजयी ५६ जना सदस्यको विवरणसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाउने तयारी भएको आयोगका प्रवक्ता ढकालले जानकारी दिए । २४ जना निर्विरोध भएको राष्ट्रिय सभा सदस्यका बाँकी ३२ सदस्यका लागि हिजो बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्वाचन भएको थियो ।

निर्वाचनको परिणाम हिजै आइसकेको छ । निर्वाचनमा एमालेले २९ सिटसहित बहुमत ल्याएको छ । कांग्रेसले १३, माओवादी केन्द्रले १० तथा राजपा र संघीय समाजवादी फोरमले २र२ सिट प्राप्त गरेका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: Feb 8, 2018

प्रतिक्रिया दिनुहोस्