Logo
२ जेष्ठ २०८१, बुधबार
(February 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुडामणि शर्माको घर तोडफोड गर्ने ४२ जना पक्राउ

काठमाडौं : मंगलबार दिउँसो आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्माको घरमा तोडफोड भएको छ । तोडफोडमा संलग्न ४२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले बुढानिलकण्ठमा स्थित शर्माको घरमा गएर तोडफोड गरेका थिए। उनीहरु विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता रहेको जनाइएको छ। प्रहरी मुख्यालयका प्रवक्ता डीएसपी मनोज न्यौपानेका अनुसार मंगलबार दिउँसो घर तोडफोड भए लगत्तै पकाउ परेका हुन् ।

तोडफोडबाट शर्माको घरका चार वटा झ्यालका सिसा फुटेका छन् । पक्राउ पर्नेमा १४ महिला र २८ पुरुष रहेका छन् । शर्माको घर भएको आश‌ंकामा उनीहरुले सुरुमा चन्द्रसिंह तुलाधरको घरमा तोडफोड गरेको र त्यो घर शर्माको नभएको बुझेपछि उनीहरु शर्माको घरतिर लागेका थिए।

यअसघि भ्रष्टाचार गरेको अभियोगमा मुद्दा लागेपछि निलम्बित भएको अवस्थामा गत असोज महिनामा शर्माको घरमा बम विस्फोट भएको थियो । बूढानिलकण्ठमा रहेको शर्माको घरमा असोज १ गते राति अज्ञात समूहले विस्फोटक पदार्थ पड्काएको थियो । विस्फोटबाट घरको गेटमा आगलागी भएको थियो ।

प्रकाशित मिति: Feb 6, 2018

प्रतिक्रिया दिनुहोस्