Logo
५ जेष्ठ २०८१, शनिबार
(February 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरहामा विकास पत्रकारिता पुरस्कार स्थापना

लहान : प्रेस चौतारी नेपालको २० औंँ स्थापना दिवसका अवसरमा सिरहामा विकास पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । प्रेस चौतारी नेपाल सिरहाद्वारा सोमबार साँझ लहानमा आयोजित स्थापना दिवस तथा जनप्रतिनिधिको सम्मान कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य दिलीप सिंहले रु पाँच हजारको विकास पत्रकारिता पुरस्कारको घोषणा गर्नुभयो । प्रत्येक वर्ष प्रेस चौतारीको स्थापना दिवसका अवसरमा विकास पत्रकारिता गर्ने जिल्लाका एक पत्रकारलाई सो पुरस्कार दिइनेछ ।

प्रेस चौतारीका अध्यक्ष रामभरोसी महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा (एमाले)का तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य लीलानाथ श्रेष्ठ, प्रदेशसभा सदस्य लगनलाल चौधरी र अशोककुमार यादवलाई सम्मान गरिएको थियो । यस्तै लहान नगरपालिकाका नगर प्रमुख मुनि साह, सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादव, सिरहा नगरपालिकाका नगर उपप्रमुख डा नविता यादव, लहान नगरपालिकाका उपप्रमुख सरियारदेवी चौधरी र सखुवा नन्कारकटी गाउँपालिका उपाध्यक्ष अमलादेवी यादवलाई पनि सम्मान गरियो । (रासस)

प्रकाशित मिति: Feb 6, 2018

प्रतिक्रिया दिनुहोस्