Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनतालाई प्रत्यक्ष लाभ हुने गरी काम गर्न टेलिकमका कर्मचारीलाई मन्त्रीको निर्देशन

काठमाडौँ : सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले प्रत्येक ग्रामीण विद्यालयमा कम्प्यूटर शिक्षा पु¥याउने उद्देश्यका साथ सरकारले जनतालाई प्रत्यक्ष लाभ हुने गरी द्रुत गतिमा काम गर्न नेपाल टेलिकमका कर्मचारीलाई निर्देशन दिएको छ ।

टेलिकमको १४औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको उट्घाटन गर्दै मन्त्री बस्नेतले टेलिकमका आन्तरिक समस्यालाई आन्तरिक रूपमै समाधान गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमका कर्मचारीलाई आह्वान गरे ।

“सबैले आफ्ना कमीकमजोरी सुधार गरी कम्पनी र जनताका लागि सामूहिक भावनाका साथ काम गर्नुपर्छ, त्यसो गरेमा मात्र निजी कम्पनीसँग प्रतिष्पर्धा गर्न सकिन्छ”, सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले भने ।

मन्त्री बस्नेतले नेपालका प्रत्येक ग्रामीण विद्यालयमा कम्प्यूटर शिक्षा पु¥याउने उद्देश्यका साथ सरकारले शुरूमा कम्तीमा १४ जिल्लामा काम शुरू गरिसकेको जानकारी दिए । सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले निजी कम्पनीसँगको कडा प्रतिष्पर्धा गर्नुपर्ने सन्दर्भमा सामूहिक उत्साहका साथ काम गर्नुपर्नेमा जोड दिए ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका अध्यक्ष दीगम्बर झाले नेपाल टेलिकमले जनतालाई ठग्न नदिन सफल भए पनि प्रतिष्पर्धामा भने ओरालो लाग्दै गएको छ भने ।

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राज भण्डारीले १४ वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक करिब चार लाख २२ हजारमात्र रहेकामा अहिले कम्पनीले मुलुकको ७७ जिल्ला र ७ वटै प्रदेशमा तारसहित र तारसहितका सेवा तथा सेवा सञ्चालनमा ल्याएपछि कम्पनीको ग्राहक आधारमा निरन्तर वृद्धि भई एक करोड ८५ लाख नाघिसकेको जानकारी दिए ।

कार्यक्रममा २० वर्ष स्थायी सेवा गर्ने ९६ जना कर्मचारीलाई २० वर्षे पदक प्रदान गरिएको छ । व्यक्ति तथा गत वर्ष सर्वाधिक बिल भुक्तानी गर्ने ग्राहकलाई सम्मान गरियो । मन्त्रालयका निमित्त सचिव तथा टेलिकमका अध्यक्ष प्रेमकुमार श्रेष्ठले टेलिकम सेवालाई ग्रामीण तहसम्म पु¥याउने योजनाअनुसार टेलिकमले तीव्र गतिमा काम गरिरहेको छ भने ।

प्रकाशित मिति: Feb 5, 2018

प्रतिक्रिया दिनुहोस्