Logo
१९ बैशाख २०८१, बुधबार
(February 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वराजको भ्रमणलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने

काठमाडौंं : भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज नेपाल भ्रमणमा आउँदैछिन् । उनको यो भ्रमणलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुने उच्चस्तरीय भारतीय स्रोतको दावी छ ।

नेपालमा सप्पन्न तीनै चरणका निर्वाचनपछि संभवत पाँच वर्षको लागि स्थायी सरकार बन्ने क्रममै रहेका बेला स्वराजको यो भ्रमणले दुई देशबीच विशेष किसिमको सम्बन्ध राखेर अघि बढ्ने संकेत भारतको रहेको छ ।

यही विकसित राजनीतिक सिनलाई मध्यनजर गर्दै मोदीले नेपालसँगको सहकार्यलाई तिव्रता दिएको स्रोतको दाबी छ । यसको सुरुवाती अधार बनाउन आज विदेशमन्त्री स्वराज नेपाल आउँदैछिन् । सम्वभत् : नेपालमा अब करिब एक महिना भित्रै नयाँ सरकार बन्ने देखिन्छ भने भारतीय प्रधानमन्त्री मोदी पनि फागुनमै नेपाल आउन सक्ने स्रोतको दावी छ ।

उनी भारतीय लगानीमा निर्माण अरुण तेस्रो जलविद्युत आयोजनाको उद्धघाटन गर्न आउने कार्यक्रम यसअघि पनि सार्वजनिक भैरहेका छन् । तर, उनी कहिल्यै आउने भन्ने कुरा एकिन थिएन् ।

स्रोतले भने “मोदीको एकमात्रै चाहना छ : नेपाल र भारतवीचको द्धिपक्षीय सम्बन्ध अब आर्थिक समृद्धिको लागि केन्द्रित हुनेछ । त्यसको लागि भारतले नेपाललाई जस्तोसुकै सहयोग गर्नपनि सक्छ ।” तसर्थ उनि चाडो भन्दा चाडो नेपाल यात्रामा आउन चाहान्छ्न ।

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्