Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुरानो युगको पुरुषले नयाँ युगको पनि नेतृत्व गर्नु असान्दर्भिक

बुटवल : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कांग्रेसको छवि बचाइ राख्नका लागि हालको नेतृत्वले विश्राम लिने बेला आएको भन्दै उनले नयाँ युगको नेतृत्व गर्न पुरानो नेतृत्वले विश्राम लिनुपर्ने बताएका छन्  । उनले अहिलेको युग युवाको भएकाले पुरानो युगको पुरुषले नयाँ युगको पनि नेतृत्व गर्न सान्दर्भिक नहुने बताए ।

तत्काल महासमिति बैठक बोलाउन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरे । महाधिवेशन नभए पार्टीका प्रदेशसम्मका संरचना व्यवस्थापनमा जटिलता आउने उनले बताए । नेपाली कांगे्रस बुटवल नगर समितिले गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले पार्टीको भावी रणनीति र महाधिवेशनको मिति तय गर्न महासमिति बैठक बोलाउनुपर्ने माग गरे ।

‘तपाईंहरुले अहिलेसम्म गाडी हाँकेर यहाँसम्म आउनुभयो, अब तपाई्रहरु पछाडि बसेर यात्रा गर्नुहोस् हामी चालक बनेर पार्टी अघि बढाउछौँ, उनले भने ।  प्रतिनिधि सभा सदस्यसमेत रहेका थापाले नेपाली कांग्रेसले अबलम्वन गरेको सिद्धान्तमा देश अगाडि बढ्दै गर्दा हारको कारण सम्बन्धमा समीक्षा हुनुपर्ने बताए । कम्युनिष्ट पार्टीहरु मिलेर कांग्रेस हार्‍यो भन्नु तर्कसंगत नहुने भन्दै उनले पाँच वर्षपछिको निर्वाचनमा कम्युनिस्ट फुटिसक्ने दाबी गरे ।

अहिलको सन्दर्भमा कांग्रेसले प्रतिपक्षको भूमिकामै बसेर काम गर्नुपर्ने उनको भनाइ छ । कालो धनलाई सेतो धन बनाउन सबैलाई ठाउँ दिनुपर्छ भन्ने भावी प्रधानममन्त्री केपी ओलीको भनाइलाई उनले अल्पबुद्धिको संज्ञा दिए । कालो धनलाई सेतो बनाउन दिनु भन्नु खतरनाक षड्यन्त्र भएको भन्दै यसले देशकै भविष्य अन्योलमा पर्ने दाबी थापाको छ ।

प्रकाशित मिति: Jan 31, 2018

प्रतिक्रिया दिनुहोस्