Logo
१९ बैशाख २०८१, बुधबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली पक्षले सडक फराकिलो पार्ने क्रममा भारतीय एसएसबीको अबरोध

काठमाडौं : कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाटमा नेपाली पक्षले सडक फराकिलो पार्ने क्रममा भारतीय सीमा सुरक्षाबलले रोकेको छ । भारतीय सीमासँग जोडिएको सडकघाटको नेपाली भूमिमै बाटो फराकिलो बनाउँदा भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले रोकेको हो । यसअघि गतसाल फागुनमा पनि कञ्चनपुरकै पुनर्बास गाविसस्थित सीमा क्षेत्रमै सीमा स्तम्भ र कल्भर्ट निर्माणबारे विवाद हुँदा भारतीय सीमा सुरक्षाबलको गोली लागी गोविन्द गौतमको ज्यान गएको थियो । भारतीय पक्षले सडक निर्माण कार्यलाई रोकेपछि अहिले दुई पक्षबीच छलफल भैरहेको स्थानीय प्रशासनले जनाएको छ ।

पुनर्वास नगरपालिका-८ आनन्द बजारको भारतसँग सीमा जोडिएको क्षेत्रमा कलभर्ट निर्माणको विषयमा विवाद हुँदा एसएसबीले गोली चलाउँदा गत फागुन २६ गते ३० वर्षीय गौतमको मृत्यु भएको थियो । उनलाई सरकारले सहिद घोषणा गरेर नगद १० लाख दिने निर्णय गरेको थियो । गौतमको हत्याको विषयलाई लिएर नेपालले भारतसँग असन्तुष्टि राखेको थियो । कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले प्रहार गरेको गोलीले नेपाली नागरिकको मृत्यु भएको समाचार लगत्तै काठमाडौँस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै भारतीय पक्षबाट गोली प्रहार भएको समाचारको खण्डन गरेको थियो ।

घटनाबारे कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले भने, ‘बिवाद भनेका निर्माणको काममा दशजगा वरिपरी ‘नो मेन्स ल्याण्ड’मा नबनाउनु भन्यो भनेर कुरा आएको छ । नो मेन्स ल्याण्ड अन्तर्राष्ट्रिय सीमा हो, संरचना बनाउन पाईंदैन भनेको छ । यसबारे दुई पक्षको छलफल भईरहेको छ । समन्वय गरेर समझदारीमै टुंग्याउने प्रयासमा छौं । काम रोकिएको छ । नापी टोली कैलालीबाट आउँदैछ । नगरपालिकाले यहि बेलामा सड्क ग्राभेल गर्न थालेछ, नगरपालिकाको स्रोत साधनबाट सड्क ग्राभेल गर्न शुरु गरेको रहेछ ।’

 

 

 

 

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्