Logo
१९ बैशाख २०८१, बुधबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री-मन्त्री र सभामुख चयन गर्न एमालेले बोलायो बैठक

काठमाडौं : नेकपा एमालेले स्थायी कमिटी बैठक आह्वान गरेको छ ।  मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको पार्टी कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए ।

बैठक मुख्यमन्त्रीको चयन, प्रदेश सभामुखको चयनलगायतका विषयमा छलफल हुने बताइएको छ ।आइतबारमात्रै एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्री र  प्रदेश समाभुखमा ७०–३० को भागबण्डा भएको थियो ।

दुई पार्टीबीच भागबण्डा मिलेसँगै  एमाले आफ्नो तर्फबाट उम्मेदवारको टुंगो लगाउन छलफलमा जुटेको हो ।
एमालेभित्र मुख्यमन्त्री र सभामुखमा आकांक्षी धेरै भएको बेला यो बैठटकलाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्