Logo
२ जेष्ठ २०८१, बुधबार
(January 29, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार ढकाल बिरुद्ध गाली बेइजती र साइवर क्राइमको मुद्धा : एसएसपी पोखरेल

काठमाडौं । पत्रकार खिला ढकाल बिरुद्ध साइवर क्राइम र ?गाली बेइज्यतीको मुद्धा दायर हुने भएको छ । पत्रकार खिला ढकालले सामाजिक सञ्जाल फेसबुकमा लेखेको एक स्टाटसको विषयलाई लिएर प्रहरी भित्र खैलाबैला मच्चिएको छ ।

खिला ढकालको फेसबुकमा लेखिएको छ- “एक रिपोटका अनुसार नयाँ सरकार बने पछि पुर्व आईजीपी उपेन्द्रकान्त अर्याल,आइजीपी प्रकाश अर्याल, कप्रका तत्कालिन एसएसपी विश्वराज पोखरेल,रेवती ढकाल जेल जाने निश्चित छ रे ।”

पत्रकार ढकालले लेखेको स्टाटसमा ,नवराज कट्टेलले नवराज सिलवाललाई जेल हाल्नु पर्छ भन्नुभएको छ भने । मिलन बिछोडले कुरो कडा भनेर टिप्पणी गर्नुभएको छ ।  त्यसैगरि सुरेस अधिकारीले जिवनलाई थप जटिल नगराउनुस् भनि कमेन्ट गर्नुभएको छ ।

यसै विषयलाई लिएर पुर्व आईजीपी उपेन्द्रकान्त अर्याल, आइजीपी प्रकाश अर्याल, कप्रका तत्कालिन एसएसपी विश्वराज पोखरेल, रेवती ढकालले कानुनी उपचार खोज्ने भएका हुन् । पत्रकार ढकाल बिरुद्ध साइवर क्राइम र गाली ,बेइजतीको मुद्धा दर्ता गर्ने बारे छलफल भइरहेको छ, एसएसपी विश्वराज पोखरेले बताए ।

“हो पत्रकारीता राज्यको चौथो अंग हो । हामी सम्मान गछौं । तर, पत्रकारले हुँदै नभएका घटनाहरु लेख्ने ?” पोख्रेलले भने “समाजलाई अतिरन्जित पार्ने खबरहरु प्रकाशित गर्ने अनी हामी टुलुटुलु टोलाएर बस्नुपर्ने ? राज्यको कानुन भन्दा  माथी कोही हुँदैन् ।”

उनले भने “यस्ता, वहियात काल्पनीक कुरा लेखेर आत्मरतीमा रमाउने ? यस मनगढन्ते खबरले समाजमा अन्य पत्रकारको समेत गरिमा घटाउछ ।”

“एक जिम्मेवार पत्रकारका यस्ता  स्टाटसले जनतामा भ्रम मात्रै सृजना हुने हो ।  सत्यलाई अलिकती पनि ख्याल नगर्ने ? हामी कानुनी अपचार खोज्छौं उनले भने “यसरी ब्यक्तीगत लाल्छना लगाउने, फेसबुकमा मनपरी लेख्नेहरु बिरुद्ध हामी पनि नबोल्ने हो भने थप अराजकता फैलिन्छ ।”

प्रकाशित मिति: Jan 29, 2018

प्रतिक्रिया दिनुहोस्