Logo
५ जेष्ठ २०८१, शनिबार
(January 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिमल घर्तीमगर भारतीय क्लवमा अनुबन्धीत

काठमाडौँ : नेपालका नेपालका चर्चित फुटबलर बिमल घर्ती मगर इण्डियाको मोहन बगान क्लवमा अनुबन्धीत भएका छन्  । जारी आई लिगको चौथो स्थानमा रहेको मोहन बगानले शनिबार राति एक विज्ञप्ती निकाल्दै बिमललाई क्लबमा अनुबन्ध गरेको पुष्टि गरेको हो । ‘नेपालका चर्चित फुटबलर बिमल घर्ती मगरलाई क्लबमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा हामी खुशी छौँ’, क्लबले विज्ञप्तिमा भनेको छ, ।

बिमल आईतबार कोलकत्ता जादैछन् । बिमलले सोमबारबाट अभ्यास शुरु गर्ने क्लवले जनाएको छ । अनुबन्ध रकमबारे भने अहिलेसम्म खुलाइएको छैन । उनी नेपालको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कान्छा खेलाडी पनि हुन् । उनले १४ वर्षमै नेपाली राष्ट्रिय टोलीबाट बंगलादेशबाट खेलेका थिए ।

प्रकाशित मिति: Jan 28, 2018

प्रतिक्रिया दिनुहोस्