Logo
१९ बैशाख २०८१, बुधबार
(January 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व राज ज्ञानेन्द्र शाह भारत जाँदै, यस्तो छ कार्यक्रम

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक तथा सामाजिक कार्यक्रममा सहभागी हुने भारतको उडिसा जाने भएका छन् । पूर्व राजा शाह आउँदो फेब्रुअरी ५ (माघ २२ गते) भारतको उडिसा जाने बुझिएको छ । आदि शंकराचार्यले पुरीमा स्थापना गरेको मठमा विशेष कार्यक्रम हुनेछ । त्यहाँ पूर्व राजा ज्ञानेन्द्रले गौशाला उद्घाटन लगायतका कार्यक्रम गर्ने छन् ।

उनी त्यहाँ झण्डै एक हप्ता रहने छन् । पुरी शंकराचार्य निश्चलानन्द सरस्वतीले मठको नेतृत्व लिएको २५ औँ वर्ष पुगेको अवसरमा विशेष अतिथिको रुपमा ज्ञानेन्द्रलाई निमन्त्रण गरिएको बुझिएको छ । पुरी शंकराचार्य निश्चलानन्द सरस्वती आदि शंकराचार्यका प्रतिनिधि मानिन्छन् । हिन्दु धर्मा अन्तर्गतका विभिन्न गतिविधि सञ्चालनमा उनी र उनको टोलीको विशेष भूमिका रहने गरेको छ ।

प्रकाशित मिति: Jan 28, 2018

प्रतिक्रिया दिनुहोस्