Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोजपुरालाई मिथिलामा निल्ने महापागलहरुको तमाम् तर नाकाम कोसिस्

ज्योती तिवारी

प्रथमपटक जब माओवादीले १३ संघिय प्रदेश को खाका ल्याएका थिए ।  त्यतिबेला थारुवान, अवध, भोजपुरा, मिथिला, कोचिला गरि मधेश लाइ ५ टुक्रा मा बाडिएको थियो ।   जुनकी संघियता को स्वशाशन सिद्धान्त अनुरुप थियो । सैद्धान्तिक रुपले बलियो रहे पनि आर्थिक रुपले देशले यति प्रदेश को व्ययभार खेप्न नसक्ने भएपछि प्रदेश संख्या छोट्याएर पहिला ८ र पछि ७ गरियो ।

७ प्रदेश गर्ने बेला सम्पूर्ण मधेश लाइ एक प्रदेश गरेर पनि गर्न सकिनेथ्यो,जसले गर्दा संघियता को सबैभन्दा महत्वपुर्ण पक्ष वा सिद्धान्त ‘स्वाशासन’ को अवधारण पनि रही रहन्थ्यो, र देश को व्ययभार घट्ने गरि प्रदेश संख्या पनि घट्थ्यो । तर अनेकन स्वार्थ, आ-आफ्नो निर्वाचन क्षेत्र आदि इत्यादि हेरेर केहि पागलहरुले अबैज्ञानिक र अतिबिवादित सिमांकन रेखा कोरे ।  आज फेरि अर्को केहि महापागलहरुको समुहले भोजपुरालाइ मिथिलामा निल्ने तमाम तर नाकाम कोसिस गरिरहेका छन् । बर्तमान अपूर्ण सिमांकन बमोजिम अहिले हामीले पाएको मधेश मा मिथिला र भोजपुरा दुवै छन् ।  अब पनि कोचिला अवध, थारुवान पनि कसरि ल्याउने त्यता तिर ध्यान नदिएर हाई मिथिला-हाई मिथिला । सद्बुद्धि देयोस सीता माताले तिनलाई ।  फेसबुकबाट 

प्रकाशित मिति: Jan 28, 2018

प्रतिक्रिया दिनुहोस्