Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छ महिनामा चार करोड राजश्व संकलन

जुम्ला : करदाता सेवा कार्यालय जुम्लाले छ महिनामा रु चार करोड राजश्व संकलन गरेको छ । सानो क्षेत्रमा सेवा कार्यालयले २०७३/०७४ को छ महिनामा रु चार करोड राजश्व संकलन गरेको कार्यालयका कर अधिकृत खडानन्द खत्रीले बताउनुभयो ।

जसमा आयकरबाट रु दुई करोड ५३ लाख ७४ हजार ३८८, बहाल करबाट रु १७ लाख ३१ हजार ९८०, ब्याजकरबाट रु एक लाख २४ हजार ३८, मूल्य अभिवृद्धि करबाट रु ९५ लाख ११ हजार ४०५, अन्तः शुल्कबाट रु २३ लाख ६ हजार २३७ र शिक्षा सेवा शुल्क रु ७१ हजार ८७७ कर उठेको खत्रीले जानकारी दिनुभयो ।

यस वर्षको लक्ष्य जुम्लाबाट रु आठ करोड ४२ लाख सात हजार रहेको छ । “लक्ष्यभन्दा बढी कर उठ्ने आशा गरेका छौँ,” कर अधिकृत खत्रीले भन्नुभयो । उहाँका अनुसार छ महिनामा राखेको लक्ष्यभन्दा दुई प्रतिशत राजश्व बढी उठेको छ । चालु आवको कात्तिक महिनामा मात्र रु४२ लाख राजश्व संकलन भएको कार्यालयले जनाएको छ । गत आवमा कार्यालयले रु छ करोड ५४ लाख राजश्व उठाएको थियो । (रासस)

प्रकाशित मिति: Jan 28, 2018

प्रतिक्रिया दिनुहोस्