Logo
२ जेष्ठ २०८१, बुधबार
(January 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी इन्काउन्टर स्टाइलमा ‘टीके’ डाका माथी गोली प्रहार

काठमाडौं : एकसाता अघि डिल्लीबजार कारागारको तारजाली काटेर भागेका कैदी ‘टिके’ भनिने टीकाबहादुर थापामगर प्रहरीको गोली लागि घाइते भएका छन् । एक दर्जनभन्दा चोरी तथा लुटपाटका घटनामा टिके एक वर्षअघि पक्राउ परेका थिए । पुर्पक्षका लागि कारागार चलान भएका टिके ४ माघमा कारागारको तारजाली काटेर फरार भएका थिए ।

ना ४७ प ५०५२ नम्बरको मोटरसाइकल हाँकेर शनिबार चितवनको नारायणगढ जाँदै गरेका टिकेलाई महाशाखाको टोलीले भरतपुर नगरपालिका-१ रामनगरस्थित ओम साई पेट्रोल पम्प अगाडि रोक्न खोजेको थियो । प्रहरीलाई देखेपछि भाग्न खोजेका महाशाखाको टोलीले उनीमाथि गोली प्रहार गरेको थियो ।

पाखुरा र तिघ्रामा गोली लागेका टिकेको भरपुरस्थित सरकारी अस्पतालमा उपचार नभएपछि काठमाडौंको वीर अस्पताल रिफर गरिएको छ । चिकित्सकका अनुसार टिकेको गोली लागेको तिघ्रा काट्नुपर्ने अवस्था छ । प्रहरीको सुरक्षा घेराभित्रबाटै टिके फरार भएपछि प्रहरीकै मिलेमतो हुनसक्ने भन्दै छानबिन गर्न महानगरीय प्रहरी आयुक्तको कार्यालयले प्रहरी बरिष्ठ उपरीक्षक पूर्णचन्द्र जोशीको संयोजकत्वमा छानबिन समिति समेत बनाएको थियो ।

प्रकाशित मिति: Jan 27, 2018

प्रतिक्रिया दिनुहोस्