Logo
५ जेष्ठ २०८१, शनिबार
(January 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३४ वर्षपछि हङकङको राष्ट्रिय टिमसँग खेल्दै नेपाली भलिबल टिम

हङकङ : हङकङसँग मैत्रीपूर्ण भलिबल खेलमा भिड्न नेपालबाट २१ जनाको टिम बिहिबार हङकङ उत्रिएको छ । टिमलाई हङकङ विमानस्थलमा स्थानीय नेपालीले स्वागत गरेका थिए । नेपाल र हङकङको भलिबल टिमबीच जनवरी २८ र २९ (आइतबार र सोमबार) मैत्रीपूर्ण खेल हुनेछ । हङकङसँग खेल्न नेपाली राष्ट्रिय भलिबलको टिम हङकङ आएको हो ।

नेपाली टोलीमा १२ खेलाडी छन् भने ९ जना अफिसियल्स छ्न्। नेपाली टोलीमा ईश्वर थापा, हरि बहादुर अधिकारी, दुर्गा महतो, दिल सुनार, धन भट्ट, राज निरौला, नरेन्द्र गिरी, मान श्रेष्ठ, कुल थापा, भैरब बम, महेन्द्र श्रेष्ठ र क्याप्टेनमा एम मगर रहेका छन् । त्यसैगरी राज कुमार गुरुङ व्यवस्थापक लगायत नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण श्रेष्ठ र महासचिव जितेन्द्र चन्द पनि हङकङ आएका छन् । टोलीमा दुई जना प्रशिक्षक, दुई पत्रकार र एक रेफ्री छन् ।

नेपाली टोलीले शनिबार चुनमुन बटर फ्लाईबिचस्थित भलिबल कोर्टमा अपरान्ह ४ बजे बाट हङकङको टिमसँग खेल्नेछ ।भलिबल एसोसियसन हङकङले होम–अवे गरी दुई दिन खेल हुने जनाएको छ। पहिलो खेल आइतबार सातिनस्थित युनचाउ कोक स्पोर्ट्स सेन्टरमा साँझ ४ बजेदेखि ७ बजेसम्म हुनेछ ।

अर्को खेल सोमबार सेङसुईस्थित पो विङ रोड स्पोर्ट्स सेन्टरमा राती ८ बजेबाट ११ बजेसम्म हुनेछ भन्दै नेपालखबरमा समाचार छ । सन् १९८३ मा जापानको राजधानी टोकियोमा सम्पन्न एसियन मेन्स भलिबल च्याम्पियनसिपको ३४ वर्षपछि हङकङ र नेपाली राष्ट्रिय भलिबल टोली आमनेसामने हुन लागेका हुन् ।

प्रकाशित मिति: Jan 26, 2018

प्रतिक्रिया दिनुहोस्