Logo
३० बैशाख २०८१, आईतबार
(January 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालयलाई एकलाख ५० हजारको पाँचथान कम्प्युटर हस्तान्तरण

इलाम : पूर्वविद्यार्थी तथा समाजसेवी गजेन्द्र पौडेलले फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङस्थित छायाँदेवी माध्यमिक विद्यालयलाई सोमबार पाँचथान कम्प्युटर निःशुल्क हस्तान्तरण गरेका छन् ।

सरस्वती पूजाको अवसर पारेर पौडेलले विद्यालयमा आयोजित एक कार्यक्रममा एसएम्वोलका करिब रु एकलाख ५० हजार मूल्य पर्ने पाँचथान कम्प्युटर विद्यालयका प्रधानाध्यापक रघुवीर खड्कालाई हस्तान्तरण गरेको विद्यालयका लेखापाल अशोक पौडेलले जानकारी दिएका छन् ।

त्यो विद्यालयले कक्षा ६, ७ र ८ मा कम्प्युटर शिक्षा शुरु गरेको छ । विद्यार्थीमा कम्प्युटर सिकाइप्रति आकर्षण बढ्दै गएको र आधुनिक शिक्षाका लागि पनि कम्प्युटर आवश्यक परेकाले विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको समाजसेवी पौडेलले बताएका छन् । (रासस)

प्रकाशित मिति: Jan 23, 2018

प्रतिक्रिया दिनुहोस्