Logo
२७ बैशाख २०८१, बिहीबार
(January 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश समेतबाट वसन्त श्रवण (फोटो फिचर)

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण तथा प्रसाद ग्रहण गर्नुभएको छ । आज बिहान ११ः१७ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गर्नुभएको हो । प्रत्येक वर्ष वसन्त पञ्चमीका दिन राष्ट्रप्रमुखबाट सो स्थानमा वसन्त श्रवण गरी प्रसाद ग्रहण गर्ने परम्परा रहँदै आएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखको समेत वसन्त श्रवणमा सहभागिता थियो । शुभसाइतमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीको सम्मानमा सलामी अर्पण गरेको थियो । हनुमान ढोकाका मूल पुजारी देवराज अर्यालले वसन्त वसन्त श्रवण गराउनुका साथै विशिष्टजनमा प्रसाद अर्पण गर्नुभएको थियो ।

साथै काठमाडाँै महानगरपालिकाका प्रमुख तथा उपप्रमुख, पुरातत्व विभागका उच्च अधिकृतको समेत सो वसन्त श्रवणमा सहभागिता थियो । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजका दिनलाई ‘वसन्त पञ्चमी’ भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारका ज्ञान, सिद्धि र सद्बुद्धि हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने विश्वास गरिन्छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रोसंग विद्या आउने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउनुका साथै नाक, कान छेडिदिने गरिन्छ ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले तथा अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजनका साथै खासगरी छात्रछात्राको घुइँचो लागेको छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्याकी देवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ । विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पु¥याएको हनुमानढोका दरबारमा अहिले पुनःनिर्माणकार्य जारी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली वसन्त पञ्चमीका अवसरमा हनुमानढोकास्थित नासल चोकमा सोमबार वसन्त श्रवण तथा प्रसाद ग्रहण समारोहमा सहभागी हुँदै । तस्बिर :रोशन सापकोटा
राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा सोमबार हनुमानढोकास्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्तश्रवणपश्चात् टीका, माला र फूलप्रसाद ग्रहण गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा सोमबार हनुमानढोकास्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्तश्रवणपश्चात् टीका, माला र फूलप्रसाद ग्रहण गर्दै ।
प्रधानमन्त्री शेरबहादुर देउवा वसन्त पञ्चमीका अवसरमा हनुमानढोकास्थित नासलचोकमा सोमबार आयोजित विशेष समारोहमा वसन्तश्रवण तथा प्रसाद ग्रहण गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली वसन्त पञ्चमीका अवसरमा हनुमानढोकास्थित नासल चोकमा सोमबार वसन्त श्रवण तथा प्रसाद ग्रहण समारोहमा सहभागी हुँदै ।
वसन्त पञ्चमीका अवसरमा हनुमानढोकास्थित नासलचोकमा सोमबार वसन्त श्रवण तथा प्रसाद ग्रहण समारोहमा सहभागी हुँदै संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत । वसन्त पञ्चमीका अवसरमा हनुमानढोकास्थित नासलचोकमा सोमबार वसन्त श्रवण तथा प्रसाद ग्रहण समारोहमा सहभागी हुँदै, सुरक्षा निकायका प्रमुखहरु ।

तस्विरहरु: रासस

 

प्रकाशित मिति: Jan 22, 2018

प्रतिक्रिया दिनुहोस्