Logo
२७ बैशाख २०८१, बिहीबार
(January 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर यसरी मनाइयो सरस्वतीको पूजा (फोटो फिचर)

काठमाडौं : प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी सोमवार देशभर मनाइएको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ ।

हेर्नुस् फोटो फिचर :

वसन्त पञ्चमीका अवसरमा काठमाडौँको स्वयम्भूस्थित सरस्वती मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजापछि धुप, बत्ती बाल्दै विद्यार्थी । तस्बिर :रोशन सापकोटा
वसन्त पञ्चमीका अवसरमा काठमाडौँको स्यम्भूस्थित विद्याकी देवी सरस्वतीको मन्दिर परिसमा अक्षर लेख्दै विद्यार्थी । तस्बिर : रोशन सापकोटा
वसन्त पञ्चमीका अवसरमा काठमाडौँको स्यम्भूस्थित विद्याकी देवी सरस्वतीको मन्दिर परिसमा अक्षर लेख्दै बालिका । तस्बिर : रोशन सापकोटा
वसन्त पञ्चमीका अवसरमा काठमाडौँको स्यम्भूस्थित सरस्वती मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजा गर्दै विद्यार्थी । तस्बिर : रोशन सापकोटा
वसन्त पञ्चमीको अवसरमा सोमबार इटहरीको जनता माविमा विद्याकी देवी सरस्वतीको पूजा गरिँदै । तस्बिरःयाम प्रधान, इटहरी
बेनीको लिटिल गार्डेन एकेडेमीमा श्रीपञ्चमीको दिन सोमबार बालबालिकालाई अक्षरारम्भ गराइँदै । तस्बिरः सन्तोष गौतम,म्याग्दी

तस्विरहरु : रासस

प्रकाशित मिति: Jan 22, 2018

प्रतिक्रिया दिनुहोस्