Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय हक्कीमा आर्मी र मध्यमाञ्चल फाइनलमा

काठमाडौँ : १७ औँ पुरुष तथा दोस्रो महिला राष्ट्रिय हक्की प्रतियोगिताअन्तर्गत महिलातर्फको फाइनलमा नेपाल आर्मी र मध्यमाञ्चल प्रवेश गरेका छन् । राउन्ड रोविन लिगअन्तर्गत आज भएको अन्तिम खेलमा आर्मीले पश्चिमाञ्चललाई २–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । आर्मीको जितमा टंकमाया खपांगी र पिंकी सिन्जालीले एक÷एक गोल गरे ।

आर्मी शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । विभिन्न पाँच टोली सहभागी उक्त प्रतियोगितामा आर्मीले १२ अंक जोड्यो । यता मध्यमाञ्चलले डिफेन्डिङ च्याम्पियन सुदूरपश्चिमाञ्चललाई १–० गोलले पराजित ग¥यो । उसको लागि नेरिता बस्नेतले निर्णायक गोल गरिन् । मध्यमाञ्चलले सात अंक जोड्यो ।

समान सात अंक नै जोडेको पश्चिमाञ्चल गोलअन्तरका आधारमा पछि परेपछि चौथो भएको सुदूरपश्चिमाञ्चलसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी पुरुषतर्फ भने पश्चिमाञ्चल तेस्रो भयो । पश्चिमाञ्चलले पूर्वाञ्चललाई सडन डेथमा पराजित गर्दै तेस्रो स्थानमा रहेको हो । निर्धारित ७० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुट आउटबाट गरिएको थियो ।

त्यस्तै आर्मी र सुदूरपश्चिमाञ्चल बिहीबार भएको खेलमा फाइनलमा पुगिसकेका छन् । पुरुष र महिलाको फाइनल भोलि शनिबार हुनेछ । त्यस्तै महिलाको तेस्रो स्थानका लागि हुने भिडन्त पनि भोलि नै हुनेछ ।

प्रकाशित मिति: Jan 19, 2018

प्रतिक्रिया दिनुहोस्