Logo
५ जेष्ठ २०८१, शनिबार
(January 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जेठमा प्रेश युनियन काठमाडौँ शाखाको जिल्ला अधिवेशन 

काठमाडौँ : नेपाल प्रेश युनियन काठमाडौँ शाखाको आठौँ जिल्ला अधिवेशन जेठमा हुने भएको छ । शाखा अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा शुक्रवार थापागाउँमा बसेको बैठकले विधान र केन्द्रीय समितिको निर्देशनअनुसार जेठमा गर्ने निर्णय गरेको हो । बैठकले नयाँ सदस्यता लिन तथा पुरानो सदस्यता नवीकरण गर्न माघ मसान्तसम्म आवेदन खुला गर्ने निर्णय गरेको सचिव महेश गौतमले जानकारी दिए ।

नयाँ सदस्यता लिन चाहने पत्रकारका लागि आवश्यक प्रमाणसहित रु ३५० र नवीकरणका लागि चार वर्षको एकमुष्ट रु ९५० बुझाउन युनियनले सबैमा अनुरोध गरेको छ । यसैगरी बैठकले संविधानले तय गरेको संरचनाअनुसार विधान समयानुकूल परिमार्जन गर्न केन्द्रीय समितिसँग माग गर्ने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति: Jan 19, 2018

प्रतिक्रिया दिनुहोस्