Logo
८ जेष्ठ २०८१, मंगलबार
(January 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सुपाडी काँचो’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौँ : चलचित्र ‘नेप्टे’को ‘सुपाडी काँचो…’ बोलको पहिलो गीतको भिडियो सार्वजनिक भएको छ। लोक लयमा आधारित रहेको उक्त गीतमा भानुभक्त ढकालको संगीत, ओम सुनार र सावित्री जोशीको स्वर, ओम सुनारको संगीत सुन्न सकिन्छ । देवकुमार श्रेष्ठद्वारा निर्देशित नेप्टेको सम्पादन तारा थापा, संगीत किरण माइकल, द्वन्द्व रोशन श्रेष्ठको रहेको छ भने निर्माता रोहित रम्बा रहेका छन् ।

चलचित्र नेप्टे युनिटले मंगलबार फिल्मको पहिलो गीत सार्वजनिक गर्दै प्रदर्शनी मितिसमेत तोकेको छ। यो चलचित्र नेपाली नयाँ वर्षको अवसर पारेर चैत ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, अर्जुन गुरुङ, पुर्णिमा लामा रोहित रम्बा, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, अरुना कार्की रहेका छन् भने नव नायिका प्रनिशा सिलवालले यो फिल्मबाट डेब्यु गर्दैछिन् । फिल्म सामाजिक हाँस्यव्यंग्यात्मक रहेको निर्देशक श्रेष्ठले बताए ।

प्रकाशित मिति: Jan 16, 2018

प्रतिक्रिया दिनुहोस्