Logo
२० बैशाख २०८१, बिहीबार
(January 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सम्धी-सम्धीनीका कारण महन्थ ठाकुरको चौतर्फी आलोचना

‘हामि त ठाकुरजीलाई सम्मान गर्छाैं अन्यथा उनकी सम्धीनीलाई कान समातेर निकाल्थ्यौं’
काठमाडौं : तत्कालिन मधेश आन्दोलनका बेला नेपाली काँग्रेस त्याग गर्दै मधेशकेन्द्रित पार्टी स्थापित गरेका महन्थ ठाकुरको पछ्ल्लिो समय आलोचना सुरु भएको छ । मधेश आन्दोलनपछि मधेशी पार्टीहरु शक्तिशाली बनेतापनि पार्टी प्रमुख भएर पनि कुनै लाभका पदमा नगएर निक्कै सम्मानित रहेका तत्कालिन तमलोपा अध्यक्ष र हाल राष्टिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक ठाकुरको पछिल्लो समय सम्धी र सम्धीनीका कारण चर्को आलोचना सुरु भएको हो ।

‘मरे तो मुक्ती जिए तो मधेश’ भन्दै महोतरीबाट प्रतिनिधिसभा निर्वाचन लडेर जीत हासिल गरेका ठाकुरले पछिल्लो समय सम्धी उमाकान्त झाको नाम प्रदेश प्रमुखका लागि प्रधानमन्त्री समक्ष प्रस्तूत गरेपछि उनको ब्यपक आलोचना सुरु भएको हो । राजपाका एक नेताले प्रशन गर्दे भने ‘जीवनभरी झा लाभकै पदमा बसे, अन्तरिम सरकारमा ठाकुरकै आर्शिवादमा मन्त्री पनि बने, अब प्रदेश प्रमुख पनि उनैलाई किन चाहियो ?’

उक्त नेता भन्छन् राजपामै कयौं यस्ता ब्यक्तिहरु छन् जो प्रदेश प्रमुखका लागि योग्य छन् तर ठाकुरजीले अन्य कसेको योगदानलाई देखेनन् बरु आफ्ना सम्धीलाई प्रदेश प्रमुखमा सिफरिस गरे उनी अत्ति नै परिवादी नेता हुन् । उक्त नेताले भने ‘बृषेशचन्द्र लाल, सुनिल रोहीत, अरुणकुमार सिंह लगायतका अन्य कयौं नेताहरु छन् तर ठाकुरजी अन्यलाई देखेनन् ।’ उनले भने ‘यो उहाँको परिवारवाद सोच हो, उमाकान्तकै नाम सिफारिस गर्नू भनेकै ठाकुरजीमा चरम परिवारवाद कति छ त्यो त्यसको प्रमाण हो ।’

राजपा अध्यक्ष मण्डलका संयोजक समेत रहेका ठाकुरले मात्र सम्धीलाई होइन, सम्धीनी इन्द्रा झालाई समेत समानुपातिक सांसदका लागि नाम प्रस्तूत गरेकाछन् । ६ ओटा सिट पाउने राजपाको तर्फबाट इन्द्रा झाको नाम केन्द्रिय सांसदका लागि समानुपातिकमा चौथो नम्बरमा रहेको छ । राजपा नेताहरु भन्छन् ‘इन्द्रा झाको हो ? कसैलाई थाह छैन, न त उनको राजपामा कुनै योगदान छ, तर मात्र ठाकुरका सम्धीनी भएकै कारण उनको नाम शिर्ष नम्बरमा रहेको छ ।

‘सम्धी त सम्धी तर उनका सम्धीनी इन्द्रा झाको नाम सिफारिस भएपछि राजपाका एक/एक मिहिनेती, आन्दोलनकारी नेताहरुको बेइज्जत भएको छ, भने ठाकुरको इज्जतको समेत धज्या उडेको छ ।’ नाम उल्लेख नगर्ने शर्तमा राजपाका नेताहरु बताउँछन् ।

यता, ठाकुरकी सम्धीनी झाले पछिल्लो समय पार्टी कार्यालय र ठाकुरका निवासमै बसेर बोल्ने भाषाले राजपाका अन्य नेता कार्यकर्ताहरु निकै आक्रोसित हुने गेरेका छन् । यो सिगो राजपा ठाकुरकै निजि सम्पती हो की, जस्तो अहम्ताका साथ उनकी सम्धीनी झाले बयान दिने गरेको नेताहरु बताउछन् । ‘हामि त ठाकुरजीलाई सम्मान गर्छाैं अन्यथा उनकी सम्धीनीलाई कान समातेर निकाल्थ्यौं तर हामि बिवस छौं, उनका बोल्ने भाषाहरु निकै नै अपमानित योग्य छ’ एक नेताले भने ‘ठाकुरजीको इज्जतको ध्ज्या उडेको छ ।’

प्रकाशित मिति: Jan 15, 2018

प्रतिक्रिया दिनुहोस्