Logo
७ जेष्ठ २०८१, सोमबार
(January 14, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्न माग

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पञ्चायतविरुद्धको आन्दोलनमा ज्यान गुमाएका सबैलाई सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन् । संचारकर्मीहरुसँगको कुराकानीमा खोकु छिन्ताङमा मारिएकालाई सरकारले ढिैल भएपनि सहिद घोषणा गर्नुलाई सकारात्मक भएपनि प्रयाप्त नभएको पौडेलले बताए ।

एउटालाई न्याय गर्दा धेरै अन्यायमा पर्न नहुने तर्क गर्दै पौडेलले ओखलढुंगाको टिम्बुरबोटे देखि तत्कालीन समयमा पञ्चायतको बरबर दमनमा मारिएकालाई सहिद घोषणा गरेर परिवारलाई क्षेतीपूर्ति दिनुपर्ने बताए ।  ‘रामेश्वर, कुसेश्वरसहित धेरैले मुलुकमा लोकतन्त्र स्थापनमा र पञ्चायतकाविरुद्ध रगत बगाएका छन्,’ पौडेलले भने, ‘उनीहरुलाई पनि सरकारले न्याय गर्नुपर्छ ।’

‘पञ्चायती सत्ताबाट मारिएका छिन्ताङ र आँखीसल्लाका १६ जनालाई सहिद घोषणा गरेर सरकारले सकारात्मक कदम उठाएको छ,’ पौडेलले भने, ‘त्यतिमात्र प्रयाप्त छैन । पञ्चायतविरुद्धका आन्दोलनमा मारिएका सबैलाई न्याय गर्नुपर्छ । उनीहरुलाई पनि सहिद घोषणा गरीयोस् ।’ आन्दोलनमा लागेकै कारण धेरैको सम्पत्ती तत्कालीन सरकारले जफत गरेको र लुटीएको सुनाउँदै पौडेलले भने, ‘लुटीएका सम्पत्ती र्फिता हुनुपर्छ । होइन भने सरकारले क्षेतीपूर्ति दिनुपर्छ।’

२०३६ कात्तिक २४ देखि २९ गतेसम्म धनकुटाको खोकु छिन्ताङ र आँखीसल्लामा मारिएका १६ जनालाई मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनीहरूलाई सहिद घोषणा गरेको थियो । खोकु, छिन्ताङ र आँखीसल्लामा २०२६/२७ सालदेखि नै सुरु भएको किसान आन्दोलनलाई तत्कालीन नेकपा मालेका कार्यकर्ता यम बराल, बम देवान, गोविन्द विकल र नेकपा माक्र्सवादीका नेता भक्त बोलना, रुपलाल राईलगायतले संगठित गरेका थिए ।

यो संघर्ष २०३५/३६ सालमा आएर राज्यसत्ताविरुद्धको आन्दोलनमा परिवर्तन भयो । सामन्ती सत्ताको प्रतीकका रुपमा स्थानीय धनी र धनसार भएकालाई कम्युनिस्ट कार्यकर्ताले कुटपिट र कारबाहीमा उत्रिपछि सरकारले १६ जनाको हत्या गरेको थियो ।

प्रकाशित मिति: Jan 13, 2018

प्रतिक्रिया दिनुहोस्