Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः तीन वटै अनलाइनका सम्पादकहरुले बुझए लिखित जवाफ

काठमाडौं : आइजिपी नियुक्तिको कार्यसम्पादन मूल्यांकन ‘किर्ते’ प्रकरणमा जोडिएका तीन वटा अनलाइनका सम्पादकहरुले प्रेश काउन्सिलमा लिखित जवाफ पेश गरेका छन् । शुक्रबार तीनवटै अनलाइनका सम्पादकले काउन्सिल पुगेर जवाफ पेश गरेका हुन् । तत्कालिन डिआइजी नवराज सिलवालले आइजीपी नियुक्तिप्रति असहमति जनाउदै सर्वोच्चमा मुद्धा हालेपछि ‘कासमु’ बारे विवाद भएको थियो ।

यसअघि उनीहरुलाई काठमाडौ प्रहरीले सो प्रकरणको छानबीनका लागि भन्दै समाचार श्रोत उपलव्ध गराउन पत्र काटेको थियो । तर, प्रहरीले कार्यक्षेत्र विपरित गएर समाचार श्रोतको खोजी गरेको भन्दै विरोध भएपछि काउन्सिलले त्यसवारे उनीहरुसँग लिखित जवाफ माग्दै छानवीन थालेको थियो ।

कासमु सिलवालले अनलाइनबाट पाएको र अनलाइन सम्पादकहरुले आफ्ुसँग प्रमाण भएको बताएपछि सत्यता के हो भनेर काउन्सिलले छानविन थालेको कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले बताए । महानगरीय प्रहरी परिसर काठमाडौंले रोशन खड्का (काठमाडौं पार्टी डटकम), रवि धामी (मुलधार न्युज डटकम) मदनबाबु भण्डारी (सुशासन डटकम), खिलानाथ ढकाल (शुभदिन डटकम) र रोशन पाण्डेलाई सिलवालसँग सम्बन्धित समाचारको श्रोत माग्दै पत्रचार गरेको थियो ।

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्