Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार पराजुली न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नियुक्त

काठमाडौं : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पत्रकार गंगाधर पराजुलीलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नियुक्त गरेको छ ।

यसअघि उक्त समितिको नेतृत्व पोषण केसीले गरेका थिए । केसी नेतृत्वको समितिले पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय रुपैयाँ तोकेको थियो ।

पत्रकार पराजुली लामो समयदेखि कास्की पोखराबाट पत्रकारिता गर्दै आएका छन् । उनले स्थानीय र राष्ट्रिय सञ्‍चारगृहका लागि काम गर्दै आएका छन् । उनी नेपाली कांग्रेस निकट रहेको नेपाल प्रेस युनियनसँग आबद्ध छन् ।

 

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्