Logo
५ जेष्ठ २०८१, शनिबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जो कम सुत्छ उसलाई मानसिक समस्या !

८ घण्टाभन्दा कम सुत्ने मानिसहरूमा चिन्ता, कुण्ठा, तनाव र निराशा धेरै आउने गरेको एक विश्वविद्यालयद्वारा प्रकाशित मेडिकल जर्नलको पछिल्लो संस्करणमा छापिएको एक अध्ययन प्रतिवेदनले देखाएको हो । दैनिक ८ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डिप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको न्यूयोर्कमा रहेको बिङह्यामटन विश्वविद्यालयले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लगाएको हो । सुत्ने अवधि र मानसिक अवस्थाबीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो प्रतिवेदनमा उल्लेख छ ।

विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाइ पाइएको पनि उल्लेख गरेको छ ।

त्यसैगरी, सो अनुसन्धानले सुत्ने समयमा अनियमितता भएका मानिसहरूलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने बताएको छ । सुताइ नपुगेका मानिसहरूमा आउने नकारात्मक सोचाइका कारण ध्यान एकत्रित गर्न पनि गाह्रो हुने गरेको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।

अनियमित सुताइ भएकाहरूमा नकारात्मक सोचको विकास हुने गरेको र यसले उनीहरूको जीवनमा नकारात्मक असर पर्ने गरेको पाइएकोे छ । अनुसन्धान टोलीका एक सदस्य जाकोब नोटाले नकारात्मक सोचका कारण उत्पन्न परिस्थितिले मानिसलाई तनावका साथै मानसिक असन्तुलनतर्फ समेत उन्मुख गराउन सक्ने खतरा देखिएको बताए ।

अनुसन्धानकर्ताहरूले मानसिक तनाव र चिन्ता कम गर्न नियमित रूपमा र दिनमा कम्तीमा ८ घण्टासम्म सुत्नुपर्ने सुझाव दिएका छन् । एजेन्सी

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्