Logo
२३ बैशाख २०८१, आईतबार
(January 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनसँगको क्रस बोर्डर अप्टिकल फाइबरमा जोडिएपछि नेपाललाई के-के फाईदा ?

काठमाडौं : नेपाल टेलिकमले शुक्रवारबाट चिनियाँ ब्याण्डविथको इण्टरनेट सेवाको शुरुआत गरेको छ । भारतसँग मात्रै निर्भर रहेको नेपालको इण्टरनेट सेवा शुक्रवारबाट चीनसँग पनि बाँडिएको हो । शुक्रवार एक कार्यक्रमवीच नेपाल टेलिकम र चिनियाँ नेटवर्क कम्पनी चाइना टेलिकम ग्लोवल रिचले क्रस बोर्डर अप्टिकल फाइबर लिङ्कको उद्घाटन गरेका हुन् ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेत रं नेपालका लागि चिनिया राजदूत यु होङले संयुक्तरुपमा यो नेटवर्कको औपचारिक उद्घाटन गरेका हुन् । केहि समय अगाडिबाट परिक्षण भइरहेको उक्त सेवा शुक्रवारबाट औपचारिक रुपमा शुरु भएको हो ।

टेलिकमले चिनियाँ ब्याण्डविथको इण्टरनेट सेवा शुरु गरेपछि यसलाई नेपालले नयाँ आयामको रुपमा लिएको बताएको छ । कार्यक्रममा सञ्चार मन्त्री बस्नेतले राष्ट्रिय विकासको एउटा महत्वपूर्ण एजेण्डाका रुपमा रहेको फाइबर लिङ्कको सफल परिक्षणले आर्थिक, वित्तीय र पर्यटनलगायतका क्षेत्रको विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुर्याउने बताएका छन् ।

त्यसैगरी टेलिकमका निर्देशक कामिनी राजभण्डारीले चीनसँगको सम्पर्कले इण्टरनेटमा नयाँ आयाम थपिएको बताइन् ।

प्रकाशित मिति: Jan 12, 2018

प्रतिक्रिया दिनुहोस्