Logo
५ जेष्ठ २०८१, शनिबार
(January 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारततर्फ लगिएका २० बालकको जुम्लामा उद्धार

जुम्ला : जुम्लाको तिला गाउँपालिका कुडारीबाट २० जना बालकलाई भारत लैजान लागेको आशंकामा प्रहरीले उद्धार गरेको छ।

पातारासी गाउँपालिका ७ र ८ का २० जना बालकलाई प्रहरीले मंगलबार दिउँसो १ बजेतिर उद्दार गरेको हो। नेपालगञ्ज जादै गरेको गाडीमा चेकजाँच गर्दा २० जना बालक फेला परेपछि सोधपुछ गर्दा भारत जाने भनेपछि शंका लागेर उनीहरुलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएको कुडारी प्रहरी चौकीका सई हिरालाल बस्नेतले बताए।

उनले भारत लैजान लागेको बालकको कुनै आधिकारिक कागज नभएपछि फर्काएको बताए। २० जना बालकलाई मंगलबार जिल्ला प्रहरी कार्यालयको महिला प्रहरी सेलमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका निमित्त डिएसपी चुडामणि पुनले बालकहरुलाई भारतमा लामा पढाउन भनेर लिन थालिएको अवस्थामा उद्धार गरिएको बताए।

निमित्त डिएसपी पुनले आधिकारिक कागज नै नभएकाले उनीहरुको अवस्था बुझनका लागि पातारासी गाउँपालिकाका अध्यक्ष र अभिभावकलाई बुधबार आउन भनेर सम्पर्क गरेको बताएका छन् । बुधबार छलफल गरेपछि के हुन्छ त्यही अनुसार काम अघि बढ्ने उनको भनाइ छ।

प्रकाशित मिति: Jan 10, 2018

प्रतिक्रिया दिनुहोस्