Logo
७ जेष्ठ २०८१, सोमबार
(January 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केसीको गिरफ्तारी कानूनको नाममा ज्यादती हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं : माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीको गिरफ्तारी कानूनको नाममा गरिएको ज्यादती भएको बताएका छन् । अदालतको अवहेलना मुद्दामा डा. केसी पक्राउ परेका छन् भने  उनलाई अहिले सर्वोच्च अदलात उपस्थित गराइएको छ ।

उनलेले अदालत भगवान नभएको भन्दै मानहानीलाई सत्याग्रहीबिरुद्ध हतियार बनाउनु गलत भएको बताएका छन् ।उनले ट्वीट गर्दै भनेका छन्, ‘डा. गोविन्द केसीको रातारात गिरफ्तारी कानूनको नाममा गरिएको ज्यादती हो । अदालतको मानहानीलाई सत्याग्रहीबिरुद्ध हतियार बनाइनु नितान्त गलत छ । फेरि दोहोर्‍याएर भन्छु, अदालत ‘भगवान’ होइन । राज्यको पुनसंरचना गर्दा न्यायालयलाई भने यथावत राखियो । त्यसको पनि परिणाम हो यो । सम्बन्धित सबैले बुझुन् ।’

प्रकाशित मिति: Jan 9, 2018

प्रतिक्रिया दिनुहोस्