Logo
२१ बैशाख २०८१, शुक्रबार
(January 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिम सेतीको सम्झौता तोडिने संकेत

काठमाडौं : पश्चिम सेतीको सम्झौता तोडिने संकेत देखिएको छ । पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा लिएको थ्री गर्जेज कर्पोरेसनले विद्युत खरिद सम्झौता पीपीए दरको ट्यारिफ रेटमा पुनरावलोकन नगरे सम्झौता तोड्नेसम्मको धम्की दिएपछि यस्तो संकेत देखा परेको हो ।

बहुप्रतिक्षित ७५० मेगावाटको जलासययुक्त पश्चिम सेती आयोजना निरमा्ण गर्न नेपाल विद्युत प्राधिकरणसँग संषुक्त लगानी सम्झौता जेभिए गरेको चिनियाँ कम्पनी चाइना थ्री गर्जेज कर्पोरेसन (सिटिजिसी)ले सोही कारण काममा समेत ढिलासुस्ती गर्दै बसेको छ ।

दुई साताअघि थ्री गर्जेजले विद्युत खरिद दरमा पुनरावलोकन गर्नुपर्ने थ्री गर्जेजको प्रस्तावलाई नेपाल विद्युत प्राधिकरणले अस्वीकार गरेपछि कम्पनीले लगानी बोर्डमार्फत पिपिए दरमा पुनरावलोकन गर्न दबाब दिएको हो ।

आयोजनाको लागत अनुसार प्रतिफल प्राप्त गर्न कठिन रहेको भन्दै थ्री गर्जेजले लगानी बोर्डमार्फत आयोजनाबाट हात झिक्नेसम्मको धम्की दिएको हो । यसअघि कात्तिक ३० गते कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग मिलेर आयोजना निर्माण गर्न संयुक्त लगानी सम्झौतामा हस्ताक्षर गरेको थियो ।

प्रकाशित मिति: Jan 9, 2018

प्रतिक्रिया दिनुहोस्