Logo
५ जेष्ठ २०८१, शनिबार
(January 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माघ १ गतेदेखि घोराहीमा उपमहानगरमा थारु भाषामै कामकाज हुने

दाङ : घोराही उपमहानगरपालिकाले यही माघ १ गतेदेखि थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । अब थारु भाषामा आएका निवेदनहरु दर्ता गरी कार्य सम्पादन गर्ने र कार्यालयमा थारु सेवाग्राहीसँग थारु भाषामै कुराकानी गर्नसकिने उनले जानकारी दिए । माघ १ गते अर्थात माघी पर्व थारु समुदायको महत्वपूर्ण चाड भएकाले यही अवसरमा उक्त निर्णय गरिएको प्रमुख चौधरीले बताए ।

आइतबार सम्पन्न नगर कार्यपालिका बैठकले प्रथम नगरसभाबाट पारित नीति कार्यक्रम अनुसार थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको नगर प्रमुख नरुलाल चौधरीले बताएका छन् । उपमहानगरपालिका कार्यालय र सबै वडा कार्यालयहरुमा थारु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागू गर्ने निर्णय भएको चौधरीले जानकारी दिए ।

प्रकाशित मिति: Jan 8, 2018

प्रतिक्रिया दिनुहोस्