Logo
५ जेष्ठ २०८१, शनिबार
(January 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शीतलहर र भाइरल ज्वरो प्रभावित क्षेत्रमा यथासिघ्र राहत पठाउन प्रचण्डको आग्रह

काठमाडाै‌ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीतलहर, भाइरल ज्वरो तथा झाडापखाला प्रभावित क्षेत्रमा तत्काल राहत पठाउन सरकारसँग आग्रह गरेका छन् । तराई –मधेशका जिल्लामा शीतलहर र जाजरकोटमा झाडापखालाका कारण दर्जनौँ नेपाली नागरिकको ज्यान गुमाएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ, अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रचण्डले शीतलहर, भाइरल ज्वरो तथा झडापखाला प्रभावित क्षेत्रमा तत्काल राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आइतबार एक विज्ञप्ति जारी गरी तराई–मधेशका जिल्लामा शीतलहर र जाजरकोटमा झाडापखाला र भाइरल ज्वरोको कारण नागरिकले ज्यान गुमाउनुपरेकोप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि आवश्यक व्यवस्था गर्न आग्रह गरेका हुन् । झाडापखाला र भाइरल ज्वरोको कारण जाजरकोटमा ९ जनाको ज्यान गइसकेको छ भने सयौं विरामी परेका छन् । त्यस्तै तराईंका विभिन्न जिल्लामा विगत एक सातादेखि चलेको शीतलहर र कठ्यांग्रिने जाडोले २३ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: Jan 8, 2018

प्रतिक्रिया दिनुहोस्