Logo
५ जेष्ठ २०८१, शनिबार
(January 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी प्रशासनले दोषीलाई कारबाही गर्न लापरबाही गरेको आरोप

काठमाडौं : एमाले उपमहासचिव विष्णु पौडेलले रुपन्देहीको देवदहका व्यापारी वसन्त पौडेलको हत्यामा संलग्नलाई अबिलम्ब पक्राउ गरेर सार्वजनिक गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् । देवदह २ ढेकावारमा फर्निचर व्यवसाय सञ्चालन गर्दै आएका पौडेलको शुक्रबार बिहान गोली हानी हत्या भएको थियो ।

घटना लगत्तै काठमाडौंबाट घटनास्थल पुगेका एमाले नेता पौडेलले प्रहरी प्रशासनले दोषीलाई कारबाही गर्न लापरबाही गरेको आरोप लगाएका छन् । ‘पटक पटक बुटवलमा हत्याका घटना भइरहँदा पनि प्रहरी प्रशासन सजग भएको देखिदैन’, पौडेलले भने ।

‘विहान भएको हत्या घटनामा संलग्नलाई अझैसम्म किन पक्राउ गरिएन ?’ रुपन्देहीबाट निर्वाचित सांसद समेत रहेका एमाले नेता पौडेलले भने,‘प्रहरीले दोषीलाई कारबाही गर्दैन भने नेपाल प्रहरीका प्रमुख (आईजिपी)लाई दोषी ठहर गरेरअघि बढन बाध्य हुनेछौँ ।’ एक वर्षअघि दुर्गा तिवारीको हत्यामा संलग्नहरुलाई पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै पौडेलले दुःख व्यक्त गरे ।

प्रकाशित मिति: Jan 6, 2018

प्रतिक्रिया दिनुहोस्