Logo
५ जेष्ठ २०८१, शनिबार
(January 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झोलामा आफ्नो मुटु बोकेर हिड्छिन् यी महिला

दुनियाँमा निकै अचम्मका तर सत्य घट्नाहरुको कमि छैन । दुई सन्तानकी आमा ३९ वर्षकी सेल्वा हुसैनलार्इ गत जुलाईमा ह्दयघात भएपछि सेल्वालाई अस्पताल भर्ना गरिएको थियो । उनको ज्यान बचाउनका लागि शरीरभित्र कृत्रिम मुटु राख्नु पर्ने डाक्टरले बताए ।

सेल्वाका श्रीमान अल डाक्टरको सुझावसँग तत्काल सहमति जनाए । डाक्टरले ६ घण्टाको अपरेशनपछि उनको काम नलाग्ने मुटुलाई निकालेर कृत्रिम मुटु राखिदिए । यसका लागि उनले १ लाख १६ हजार अमेरिकी डलर खर्च गर्नुपरेको थियो । गर्भावस्थाका बेला हुने कार्डिओमाइओप्याथीका कारण सेल्वालाई ह्दयघात भएको थियो ।

प्लास्टिकका च्याम्बर भएको कृत्रिम मुटु सेल्वाको छातिभित्र राखियाे । कृत्रिम मुटु सञ्चालन गर्न चाहिने यन्त्र भने बाहिर नै झोलामै राख्नु पर्ने भयाे । ब्याट्रीबाट चल्ने पम्प र इलेक्ट्रिक मोटर भएको यो यन्त्रले पाइपमार्फत मुटुमा हावा पुर्याउँछ र उनको शरीरमा रक्त सञ्चार हुन्छ ।

सर्जरीपछि फिट हुनका लागि उनलाई केही समय लागेको थियो । अहिले सेल्वालाई कुनै समस्या छैन । तर अहिले जहाँ जाँदा पनि त्यो झोला बोकेर हिड्छिन् । आफूलाई बचाउने अस्पताल र डाक्टरप्रति सेल्वा निकै आभारी छन् ।

‘उनीहरुको अपनाएको उपायले म अहिले बाँचिरहेकी छु र नयाँ वर्ष मनाउन पाउने भएकी छु । यसका लागि अस्पताल र डाक्टरप्रति निकै आभारी छु,’ सेल्वाले भनिन् । उनी बेलायतमा ह्दयघात भएपछि कृत्रिम मुटु प्रयोग गर्ने दोस्रो व्यक्ति हुन् । यसअघि ५० वर्षीय एक जना पुरुषलाई सन् २०११ मा उनलाई झैं कुत्रिम मुटु राखिएको थियो । एजेन्सी

प्रकाशित मिति: Jan 6, 2018

प्रतिक्रिया दिनुहोस्