Logo
५ जेष्ठ २०८१, शनिबार
(January 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फर्निचर व्यवसायी हत्याको विरोधमा रुपन्देही बन्द आब्हान

रुपन्देही : हत्याको विरोधमा नेकपा एमालेको भ्रातृ संगठन युवा संघ रुपन्देहीले आज जिल्ला बन्द आह्वान गरेको छ । बन्दका कारण बिहानैदेखि जनजिवन प्रभावित बनेको छ । रुपन्देहीमा फर्निचर व्यवसायी गर्दै आएका युवा संघका पुर्व कोषाध्यक्ष वसन्त पौडेल बलुको हिजो गोली हानी हत्या भएपछि त्यसको विरोधमा युवासंघ आन्दोलनमा उत्रिएको हो ।

पौडेलको हत्यापछि देवदह क्षेत्रमा त्रास फैलिएको भन्दै देवदहका बासिन्दाले सु्रक्षाको माग गर्दै हिजो प्रहरी कार्यालय घेराउसमेत गरेका थिए । देवदह नगरपालिका –२ ढेकावारमा काठ किन्न आएको भन्दै आएका व्यक्तिले देवदह ५ का वसन्त पौडेल बलुको हत्या गरेका थिए ।

हत्याको जिम्मा मनोज पुनले लिएका छन् । सञ्चारकर्मीहरुलाई फोन गरेर ‘आफ्ना साथीहरुलाई अनावश्यक दुःख दिएकोले’ हत्या गरेको उनले बताएका छन् ।

प्रकाशित मिति: Jan 6, 2018

प्रतिक्रिया दिनुहोस्