Logo
५ जेष्ठ २०८१, शनिबार
(January 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा प्रतिबन्ध छ, तर गाँजा बेचेरै धनी बन्दैछ अष्ट्रेलिया !

अष्ट्रेलिया : विश्वका अधिकांश देशहरुमा गाँजाको प्रयोग बर्जित छ । नेपालमा औषधि जन्य प्रयोजनका लागि समेत गाँजा प्रयोग गर्न पाइदैन । मनोरञ्जनात्मक गतिविधिका लागि गाँजा प्रयोग गर्नु त अपराध नै मानिन्छ । अमेरिकामा केही राज्यमा औषधीका रुपमा गाँजाको प्रयोग गर्ने अनुमति छ भने केही राज्यहरुले विस्तारै मनोरञ्जनात्मक गतिविधिमा गाँजा प्रयोगको अनमुति दिन थालेका छन् । यसै हप्ताको शुरुमा क्यालिफोनिर्या राज्यले मनोरञ्जनात्मक गतिविधिमा गाँजाको प्रयोगलाई कानूनी मान्यता दियो । त्यहाँ २१ वर्ष वा सोभन्दा बढी उमेरका वयस्कलाई ६ ओटासम्म गाँजाको बिरुवा रोप्ने र एक औंस (२८ ग्राम) सम्म गाँजा साथमा राख्ने अनुमति छ । यस्तैमा अष्ट्रेलियाले भने आपूm विश्वकै सबैभन्दा ठूलो मेडिसिनल गाँजा निर्यातकर्ता बन्ने महत्वकांक्षा प्रकट गरेको छ ।

घरेलु बजारबाहेक सीमापार बजारमा समेत मेडिसिनल गाँजाको विक्री खुलाउन अष्ट्रेलियाले कानून परिवर्तन गर्ने योजना बनाइरहेको छ । अन्तरराष्ट्रिय बजारमा गाँजा निर्यात गर्ने क्यानडा र नेदरल्याण्डल मुख्य देश हुन् । केही समय अघि उरुग्वे र इजरायलले पनि गाँजा निर्यातकर्ता बन्न आवश्यक कदम चाल्ने घोषणा गरेका थिए । सरकारको यस कदमले स्थानीय बिरामीहरुलाई समेत मद्दत गर्ने अष्ट्रेलियाली स्वास्थ्यमन्त्री ग्रेग हण्टले बताएका छन । अष्ट्रेलियाले सन् २०१६ मा मात्रै औषधि उपाचारका लागि गाँजाको प्रयोगलाई कानूनी मान्यता दिएको थियो । मनोरञ्जनात्मक गतिविधिका लागि गाँजाको प्रयोगलाई त्यहाँ अझै पनि गैरकानूनी मानिन्छ । ‘हाम्रो उद्देश्य स्पष्ट छ, विश्वको नम्बर १ मेडिशिनल गाँजा निर्यातकर्ता बनेर अष्ट्रेलियाली कृषक र उत्पादकलाई सबैभन्दा धेरै लाभ दिलाउनु हो,’ मन्त्री हन्टले भनेका छन् ।

राष्ट्रिय कानून परिमार्जन गर्न मन्त्रीपरिषद्को अनुमति चाहिन्छ । यो छिटोमा फेबु्रअरीमा हुन सक्ने अुनमान गरिएको छ । सरकारले कानूनमा आवश्यक परिमार्जन गरेमा गाँजाजन्य औषधि उत्पादन तेल, स्प्रे, ट्याबलेटसम्म विस्तार हुनेछ । यस परिवर्तनले स्थानीय उद्योगलाई प्रोत्साहन दिने र अष्ट्रेलियाली बिरामीहरु मात्रै नभएर व्यवसायीहरुलाई समेत लाभ मिल्ने दाबी हन्टको छ । सन् २०२५ सम्ममा विश्वमा औषधीजन्य गाँजाको बजार ५५ अर्ब डलरमा पुग्ने अमेरिकी परामर्शदाता कम्पनी ग्रान्ड भ्यू रिसर्चको अनुमान छ । एजेन्सी

प्रकाशित मिति: Jan 5, 2018

प्रतिक्रिया दिनुहोस्