Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाकाहाकी बार्गेनिङ : अतिरिक्त पैसा थमाएपछि हुँदैन चेकजाँच

सिरहा : जिल्ला भन्सार कार्यालय खैरटोकाका कर्मचारीहरु खुलेआम बार्गेनिङ गरी घुस लिने गरेका छन् । दैनिक रुपमा भन्सार कर्मचारीहरु सेवाग्राहीसँग यसरी डर, धम्की र घटाएर राजश्व काटेको भन्दै घुस लिने गरेका छन् । घुस लिएपछि उनीहरु गाडीमा के समान छ/छैन् चेकजाँच पनि गर्दैनन् । भन्सार राजश्व घटाएर प्रज्ञापन पत्र काटे वापतको रकम पाएपछि उनीहरुलाई गाडीमा कस्तो समान छ/छैन त्यसदेखि कुनै मतलब हुँदैनन् ।

भन्सारले कुन समानको प्रज्ञापन पत्र काटेको हो र त्यस भित्र कस्तो समान छ भनेर भन्सारसँगै रहेको सशस्त्र प्रहरीलाई पनि वास्ता हुँदैनन् नत ५ सय मिटिरको दुरीमा रहेको नेपाल प्रहरीको अर्को चेकप्वाईन्टलाई पनि मतलब छैन् । सुरक्षार्थ रहेका सशस्त्र र नेपाल प्रहरी पनि त्यही प्रज्ञापन पत्र हेर्दै चाकलले थमाउने रकम लिएर सुटुक्क बाटो छोड्छन् । भारतीय नम्बर प्लेटको बी आर ०६ बीए ०४२० नम्बरको मिनि ट्रकलाई भन्सारका कर्मचारीले विना चेकजाँच प्रज्ञापन पत्र नम्बर १६८१४ मार्फत ६ हजार ५ सय २९ रुपैयाँ राजश्व बुझे । त्यससँगै उनीहरुले बार्गेनिङ गरेर अन्तमा १ हजार ५ सय रुपैयाँ अतिरिक्त लिए ।

रोचक त त्यतिखेर भयो, तब भन्सार कटाउन पुगेका सेवाग्राहीले राजश्व काट्न बसेका कर्मचारीले माग गरे अनुसारको रकम नदिदा ‘अब गाडी जाँदैनन्, भोली(आज) इन्च इन्च नापेर भन्सार काटेर मात्र जान दिन्छौं’ भनेपछि भयो । ती सेवाग्राहीले आफूले बोकेको पाकेट ब्यागबाट खोजखाज गरी ९ सय ६० रुपैयाँ दिदा भन्सार कर्मचारी हप्काउँदै भने,‘झन हामीले आधा राजश्वर घटाएका छौं । कमसेकम ३ हजार दिनुपर्यो । नत्र हुँदैन ।’ ती सेवाग्रहीले जवाफ फर्काए,‘आफूसँग भएको सवै दिएको छु, पान खान पनि पैसा छैन् ।’

तर पनि भन्सार कर्मचारीले नमानेपछि छेउमै रहेका पान पसलबाट ३ सय रुपैयाँ सापटी लिएर दिदा पनि भन्सार कर्मचारीले हुँदैन भन्दै फर्काइदिए । पछि १ हजार ५ सय रुपैयाँ दिदा ‘ल ल, भन्दै काटिएको प्रज्ञापन पत्र सेवाग्राहीलाई सुम्पेका थिए । अतिरिक्त (घुस) लिने चक्कमा काटिएको प्रज्ञापन पत्रमा नम्बर पनि उल्लेख गर्न छुट्याएका थिए । पछि प्रज्ञापन पत्रमा १६८१४ नम्बर उल्लेख गरेका थिए ।

जिल्ला भन्सार कार्यालयका कर्मचारीहरु दैनिक यस्ता बार्गेनिङ गरी राजश्व रकम घटाएर अतिरिक्त (घुस) लिने गरेको नाम उल्लेख नगर्न आग्रह गर्दै भन्सार छेउकै स्थानीयले बताएका छन् । साँझको समयमा भारतीय नम्बरको मिनी ट्रकमा रहेका समानको चेकजाँच नगरिनु र पैसाको लोभमा निर्वाध रुपमा आउन दिनु गम्भीर लापरबाही रहेको स्थानीय अगुवा शम्भू साहको भनाई छ । उक्त भारतीय नम्बर प्लेटको मिनि ट्रकको पछाडीपट्टीबाट कंक्रिटका समान देखिएपनि भरीभराउ हुँदा भित्र के थियो ? प्रश्न खडा गरेको साहको भनाई छ ।

भन्सारबाट निस्केका उक्त गाडीलाई भन्सार छेउमै चेकजाँचका लागि खटिएका सशस्त्र प्रहरीले पनि चेक गरेनन् । त्यहाँ रहेका प्रहरी जवानले चालक छेउमा गएर घुस लिएर ट्रकलाई छाडेका छन् । उक्त ट्रकलाई पाँच सय मिटरको दुरीमा रहेको ईलाका प्रहरी कार्यालय माडरका चेकप्वाईन्टले रोक्यो । चेकप्वाईन्टमा खटेका प्रहरी जवानले पनि चालक छेउमा गएर ‘बक्सिस’ लिई गाडीलाई निर्वाध रुपमा जान दिएको छ ।

त्यहाँबाट निस्केका भारतीय नम्बर प्लेटको उक्त गाडीलाई महाविर चौकमा रहेको नगर प्रहरीले पनि रोकेको थियो तर चेकजाँच गर्नुको साटो ‘बक्सिस’ थापेर छाडेको छ । यसरी भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ‘बक्सिस’को नाउँमा चेकजाँच पनि गर्दैनन् ।

 

प्रकाशित मिति: Jan 3, 2018

प्रतिक्रिया दिनुहोस्