Logo
७ जेष्ठ २०८१, सोमबार
(January 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँगेसले प्रधानमन्त्रीका लागि अफर गरेपनि आफु त्यो दौडमा नरहेको प्रचण्डको जवाफ

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी गठबन्धन भन्दा बाहिर गएर आफु प्रधानमन्त्री नहुने बताएका छन् । उनले एकदुई दिनमा पार्टी एकता संयोजन समितिको वैठक बसेर एकताको प्रक्रिया अगाडि बढाउने बताए ।

अव सरकार निर्माणको बाटो पनि खुला भएको बताए । ‘छिटो भन्दा छिटो सरकार गठन उचित हुन्थ्यो । अव अध्यादेश पनि अगाडि बढेको छ । अव कुनै समस्या छैन । काननी प्रक्रिया पुरा गरेर सरकार बन्छ ’ उनले भने ।

काँगेसले प्रधानमन्त्रीका लागि अफर गरेको छ नी ? भन्ने प्रश्नमा बुधबार पार्टी मुख्यालय पुगेका केही पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, ‘मैले त्यस्तो सोचेको छैन । बामगठबनधन बनाएर निर्वाचन लड्यौँ । पार्टी एकताको संकल्प गरेर निर्वाचन लड्यौ । जनताले अनुमोदन गरेकाले त्यो भन्दा बाहिर गएर मैले प्रधानमन्त्री हुने सोचेको छैन ।’

प्रचण्डले अव सरकार निर्माणको बाटो पनि खुला भएको बताए । ‘छिटो भन्दा छिटो सरकार गठन उचित हुन्थ्यो । अव अध्यादेश पनि अगाडि बढेको छ । अव कुनै समस्या छैन । काननी प्रक्रिया पुरा गरेर सरकार बन्छ । ’

प्रकाशित मिति: Jan 3, 2018

प्रतिक्रिया दिनुहोस्