Logo
५ जेष्ठ २०८१, शनिबार
(January 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हलेसी बजारमा भीषण आगलागी : ग्याँस पड्किरहेकाले आगो नियन्त्रण बाहिर

खोटाङ : खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारमा भीषण आगलागी भएको छ । आगो नियन्त्रण बाहिर गएपछि रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलबाट दमकल मगाइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राईको घरबाट सुरु भएको आगोले अहिले भीषण रुप लिएको छ ।

दिक्तेलबाट हिँडेको दमकल कम्तीमा दुई घण्टापछि मात्र हलेसी पुग्ने भएकाले आगोले ठूलो क्षति हुने अनुमान गरिएको छ । बाक्लो बजारमै सुरु भएकाले आगोले हलेसीमा त्रास फैलिएको स्थानीय सन्देश राईले बताए । आगो नियन्त्रण गरेर बजार जोगाउनका लागि छेउका घर र छानो भत्काउने काम भइरहेको छ ।

आगोले उचितबहादुर राई, प्रकाचन्द्र गिरी, तम्बराज राई लगायतको घर नष्ट भइसकेको छ । ग्याँस पड्किरहेकाले आगो नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ । मंगलबार राती साँढे ७ बजेपछि सुरु भएको आगो इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी र स्थानीयबासीले नियन्त्रणको प्रयास गरिरहेको छ । ‘आगो नियनत्रण गर्ने अन्य विकल्प छैन, दिक्तेलबाट दमकल झिकाएका छौँ,’ मेयर राईले भने, ‘ग्याँस पनि पड्किरहेकाले नियन्त्रणमा लिन अप्ठ्यारो भइरहेको छ।’

 

प्रकाशित मिति: Jan 2, 2018

प्रतिक्रिया दिनुहोस्