Logo
५ जेष्ठ २०८१, शनिबार
(January 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशको औपचारिक पोशाक घोषणा गर्न राप्रपा राष्ट्रवादीको माग

काठमाडौं : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) नमक पार्टीले नेपालको औपचारिक पोशाक घोषणा गर्न सरकारसँग माग गरेको छ । पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको पहिचान झल्कने खालको पोशाकलाई औपचारिक पोशाकको रुपमा घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।

पाँचौं राष्ट्रिय पोशाक दिवसको अवसर पारेर सोमबार काठमाडाैंमा आयोजित कार्यक्रममा बोल्दै उअध्यक्ष लोहनीले विभिन्न भाषा र समुदायका मानिसहरुले लगाउँदै आएको पहिरनलाई राष्ट्रिय पोशाकको मान्यता दिन पनि सरकारसँग आग्रह गरेका हुन् ।

दौरा, सुरुवाल, कोट र टोपीलाई मात्रै राष्ट्रिय पोशाकको मान्यता दिँदा सबै समुदायमाथि न्याय नहुने उनको तर्क छ ।
अध्यक्ष लोहनीले राष्ट्रिय पोशाकबारे सरकारले निर्णय लिँदा खुला दिलका साथ छलफल चलाउनुपर्ने आवश्यकता पनि औल्याए ।

प्रकाशित मिति: Jan 1, 2018

प्रतिक्रिया दिनुहोस्