Logo
२ जेष्ठ २०८१, बुधबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभाको ढोका खुल्यो तर यो चुनावपछि मात्र अन्तिम परिणाम

काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरण भइसकेकाले राष्ट्रियसभाको निर्वाचनको ढोका खुलेको बताएका छन् । आइतबार आयोजित साक्षात्कारमा उनले प्रदेश प्रमुखको नियुक्ति नभएसम्म प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम गोप्य रहने तथा यसको परिणाम निर्वाचन आयोगले पेश नगर्ने बताए ।

समानुपातिक निर्वाचनको परिणाम एक दुई दिनमै अन्तिम रुप दिइने उनले जानकारी दिए । प्रमुख आयुक्त डा यादवले दल, मतदाता तथा सर्वसाधारणको सहयोगमा प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि संविधानको धारा २७१ अनुसार दल दर्ताको सूचना प्रकाशित गरिसकेको बताए । उनले संविधान कार्यान्वयन गर्ने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न तथा प्रदेश प्रमुख तोक्न सरकारलाई निर्वाचन आयोगले आग्रह गरिसकेको पनि जानकारी दिए ।

राष्ट्रियसभाको चुनाव नभएसम्म प्रतिनिधिभाको अन्तिम परिणाम सार्वजनिक हुन्न
यादवले राष्ट्रियसभाको चुनाव नभएसम्म प्रतिनिधीभा चुनावको अन्तिम परिणाम सार्वजनिक गर्न नमिल्ने बताए । आयुक्त यादवले राष्ट्रियसभाको चुनावपछि आएको नतिजाका आधारमा प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गरिने बताए । राजधानीमा आइतबार आयोजित कार्यक्रममा बोल्दै आयुक्त यादवले यस्तो बताएका हुन् ।उनले दलहरुले प्रदेशसभाको समानुपातिकतर्फ पहिला बुझाएको बन्द सूचीबाट नाम तलमाथि गरेको पाइएमा कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

“निर्वाचन आयोगको निर्देशिकाअनुसार पहिला बन्द सूचिमा नाम जुन बुझाइएको छ, त्यही अनुसार अहिले नाम पठाउनुपर्छ । त्यसमा क्रमसंख्या तलमाथि गर्ने अधिकार दलहरुलाई छैन । त्यो भनेको कानुन र निर्देशिका विपरित हुन्छ । त्यस विषयमा आयोगको सचिव र जिल्ला निर्वाचन अधिकृतहरुले छानबिन गरिरहनुभएको छ ।”, उनले भने ।
संविधान अनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने भएकाले राष्ट्रियसभाको नतिजा पछि महिलाको सहभागिता कति थप्नुपर्ने हो त्यो प्रतिनिधीसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्ने यादवले बताए ।

यादवले राष्ट्रियसभा र प्रतिनिधिसभा गरी कूल ३ सय ३४ को ३३ प्रतिशत महिला चाहिने भएकाले त्यसका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पूरा गर्नुपर्ने व्यवस्था भएको बताए । राष्ट्रियसभाको चुनावको मिति घोषणा भएको बढिमा ३० दिनभित्र सबै नतिजा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था भएकाले सोही अनुसार आयोगले काम गर्ने यादवले बताए ।

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्