Logo
१० आश्विन २०८०, बुधबार
(December 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार कार्कीलाई चौधरी ग्रुपले दिएको धम्कीप्रति महासंघको ध्यानाकर्षण

काठमाडौँ : काठमाडौँबाट सञ्चालित ‘तीव्रखबर डटकम’ अनलाइनमा प्रकाशित समाचारलाई लिएर धम्की दिएकाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । महासंघका महासचिव रमेश विष्टले आज एक प्रेस विज्ञप्ति जारी गरी चौधरी ग्रुपका बारेमा समाचार लेखिएको भन्दै विभिन्न टेलिफोन नम्बरबाट समाचार नलेख्न धम्क्याएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

“अनलाइनका कार्यकारी सम्पादक रोशन कार्कीका अनुसार चौधरी ग्रुपले नेपाल सरकारलाई बुझाउनु पर्ने कर र नक्कली भ्याट बिलका सम्बन्धमा समाचार प्रकाशित भएपछि टेलिफोनबाट ‘चौधरी ग्रुपले कर नतिर्दा तेरो के जान्छ, तुरुन्त चौधरी ग्रुपको विरुद्ध समाचार लेख्न बन्द गर्, नत्र भौतिक कारबाही गर्न पछि नपर्ने’ भनी धम्की आएको”–विज्ञप्तिमा भनिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न र घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न समेत महासंघले सम्बन्धित निकायसँग माग गरेको छ ।

प्रेस विज्ञप्ति :

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्